२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

भविष्यप्रति आशाको भाव सिर्जना : मुख्यमन्त्री राई

२०७७, ३ फाल्गुन सोमबार ०७:१३

फागुन ३, बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न सफल भएको बताउनुभएको छ । प्रदेश सरकारको तीन वर्षको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले आगामी दिनमा जनताका चाहना बमोजिम कार्यक्रम दु्रतगतिमा कार्यान्वयन गर्ने कुरामा जोड दिनुभयो ।

उहाँले विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढिरहेका बेलामा कोरोना भाइरसको महामारीका कारण सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सङ्घीय सरकारले गएको चैत ११ देखि देशव्यापी रुपमा बन्दाबन्दीको घोषणाले आर्थिक विकासका समग्र गतिविधि र अभियानमा ठूलो गतिरोध उत्पन्न भएको चर्चा गर्दै भौतिक पूर्वाधार विकास निर्माणका काम, शिक्षा, स्वास्थ्य, समाज कल्याणजस्ता सामाजिक विकासका काम, कृषि, उद्योग, पर्यटन जस्ता गतिविधि, सुरक्षा बन्दोबस्तीका तयारी आदि सबै क्षेत्रमा कोभिड–१९का कारण प्रतिकूल परिस्थितिका बाबजुद निकै उत्साहजनक प्रगति हासिल गरेको बताउनुभयो ।

मुख्यमन्त्री राईले नेपाल सरकारले तय गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षासँग तादात्म्य मिलाउँदै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को प्रादेशिक लक्ष्य निर्धारण गरी आम जनताको समृद्धि र समुन्नतिको आकांक्षालाई आत्मसात गर्दै दृढ सङ्कल्पका साथ अघि बढिरहेको धारणा राख्नुभयो । सरकार जनमुखी भई चुस्त सेवा प्रवाह गर्न तथा पारदर्शी एवं जवाफदेहितायुक्त सुशासन प्रवद्र्धन गर्दै अगाडि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले तीन वर्षको अवधिमा सरकारले स्वच्छतामा करीब आठ प्रतिशत, समुन्नतिमा ४५ प्रतिशत र सुखमा ४७ प्रतिशत कार्यक्रम रहेको जानकारी दिँदै प्रदेश सरकारले ४९ कानून, २४ नियमावली, १० निर्देशिका, २८ कार्यविधि र एक÷एक मापदण्ड र गठन आदेश गरी कूल ११३ कानूनी दस्तावेज तयार गरी संस्थागता आधार तयार गरेको प्रष्ट पार्नुभयो ।

मुख्यमन्त्री राईले कोरोना जनसुरक्षा कोषमा रु २५ करोड स्थापना गरी सरकारले १० दिनमा कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र निर्माण गरेको उल्लेख गर्दै चीनको स्वशासित राज्य तिब्बतबाट रु १० करोड बराबरको उपचार सामग्रीको सहयोगसहित स्वीस सरकारको उल्लेखीय सहयोग प्राप्त भएको जानकारी दिनुभयो । उहाँले प्रदेशमा स्वदेशी र विदेशी लगानीका लागि प्रदेश लगानी प्राधिकरण गठन गरिएको बताउनुभयो ।

उहाँले प्रदेशमा ४५ हजार १८९ जनाको रोजगारी सिर्जना भएको बताउँदै विराटनगरलाई नेपालको पूर्वी हवाई पर्यटकीय द्वारका रुपमा परिणत गर्ने काम भइरहेको जानकारी गराउनुभयो । खाद्यान्नमा प्रदेश आत्मनिर्भर अवस्थामा रहेको जानकारी दिँदै मुख्यमन्त्री राईले विपद् व्यवस्थापन, सूचना तथा सञ्चार क्षेत्रमा, सिँचाइ विकास, जलउत्पन्न प्रकोप व्यवस्थापन, ऊर्जा विकास, खानेपानी विकास तथा सरसफाइ र सडक यातायातमा सरकार लागि परेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारको तीन वर्ष कार्यकालको अवसरमा सबै प्रदेशवासीलाई शुभकामना पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा