२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली सरकारले कति विकास ग¥यो भन्ने आफ्नै ठाउँमा उभिएर हेर्नुस् : मन्त्री अर्याल

२०७७, १० फाल्गुन सोमबार ११:०३

फागुन १०,स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री अर्यालले ओली सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गर्नुभएको छ । ओली सरकारले केही गरेन भन्नेहरुलाई लक्षित गर्दै मन्त्री अर्यालले सोमबार (आज) गृहजिल्ला स्याङ्जामा त्यस्तो बताउनुभयो । 

स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको शिलन्यास गर्दै मन्त्री अर्यालले विकास हेर्न टाढा जान नपर्ने बताउनुभएको हो । मन्त्री अर्यालले भन्नुभयो, ‘यो ३ वर्षमा विकास कति भयो आँफै उभिएको ठाउँमा हेर्नुस् । नेपालका ७५३ स्थानीय तहहरुमा विकासको गति विगत भन्दा तिब्र अगाडि छ ।’ दिनलाई रात बनाउन दुश्साहस गर्नेहरुले सरकारले गरेका विकासको गति हेर्न सक्नुपर्ने उहाँले बताउनुभयो । 

‘हरेक पालिकामा बृहत् खानेपानी योजना सुरु भएका छन् । यहि सरकारको कार्यकालमा देशका ३९६ स्वास्थ्य केन्द्रहरुको शिलन्यास भएका छन् ति मध्ये केही सकिए केही निर्माणाधिन छन्’, उहाँले भन्नुभयो । सहज स्वस्थ्य सेवा जनताको पहुँचमा पु¥याउन होस् वा स्वच्छ पिउने पानी घर–घरमा पु¥याउन सरकार जनतासँग प्रत्यक्ष जोडिएको मन्त्री अर्यालको भनाई थियो । 

स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको बगनासकाली गाउँपालिका दपुर जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको उहाँले शिलन्यास गर्नुभएको हो । २०७७ भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिनामा सक्नुपर्ने समयसीमा रहेको छ । गौरी पार्वती न्यू टेक्निकल जेभि कुपनडोलले निर्माणले जिम्मा लिएको पुल पिएस र भ्याट सहित १५ करोड ३९ लाख २८ हजार ६७९ रुपैँया ५० पैसामा सम्झौता भएको हो । १.७५ दयाँबायाँ फुटपाथ रहने पुल ११ मिटरको चौडाई रहने छ । १२० मिटर लम्बाईको पुल २ स्पान रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख भिमअर्जुन कंडेलले जानकारी दिनुभयो । ओपन फाउण्डेसनमा बन्ने पुल योजना पश्चिम क्षेत्र सेक्टर नं. ४ पाल्पाले हेर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै