१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले के निर्णय गर्यो ?

१२ फाल्गुन २०७७, बुधबार ११:३०

फागुन १२, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको स्थायि कमिटि बैठकले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलाको स्वागत गरेको छ । प्रतिनिधि सभालाई पुनर्स्थापित गर्ने सर्वोच्चको ऐतिहासिक फैसला भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

' सर्वोच्च अदालतको प्रतिनिधि सभालाई पुनर्स्थापित गर्ने निर्णयलाई ऐतिहासिक फैसला भनेको छ र यसले प्रतिनिधिसभा पुनर्स्थापना मात्रै नभएर संविधान र लोकतन्त्रको रक्षा पनि गरेको छ । देशलाई प्रतिगामी षड्यन्त्रको ठुलो चक्रब्युह र राजनीतिक संकटको अध्यारो सुरुङतिर लैजाने खतराबाट देशलाई बचाउन योगदान पुर्याएको छ । त्यसैले सर्वोच्चको यो निर्णयलाई स्थायी कमिटिको बैठकले उच्च मूल्यांकन गरेको छ ' श्रेष्ठले भने ।

बैठकले सामाजिक सुशासनलाई केन्द्रमा राखेर आत्ममूल्यांकन गरेर सबै लोकतान्त्रिक शक्तिसंग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको उनले सुनाए । साथै यस्ता कदम बिरुद्ध सचेत हुन् पनि आवश्यक रहेको उनले बताए । 

गत ५ पुसमा प्रधानमन्त्री केपि शर्मा ओलीको संसद विघटन गरेका थिए । ओलीको उक्त निर्णय असंवैधानिक भएको भन्दै मंगलबार सर्वोच्च अदालतले बदर गरेर १३ दिन भित्र संसद अधिवेशन आह्वान गर्न निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ