2026-07-10 03:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थायी कमिटि र केन्द्रीय समितिको बैठक बोलाउने प्रचण्ड–नेपाल समूहको निर्णय

2021-03-01

फागुन १७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहले स्थायी कमिटि र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बसे पार्टी सचिवालय बैठकले स्थायी कमिटि र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले पार्टीको आधिकारिकताको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको लागि निर्वाचन आयोगलाई अनुरोध गरेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसंगै नेकपा विभाजित बनेको थियो । सर्वोच्च अदालतले सरकारको उक्त निर्णय खारेज गरेपछि संसद पुनर्स्थापना भएको छ । प्रचण्ड-नेपाल समूहले नेकपाका बहुमत संसद र केन्द्रिय सदस्य आफ्नो पक्षमा रहेको बताउँदै आएका छन् भने ओलीले आफूसँग रहेको दाबि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो