१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी,दलको नामबारे छलफल

१ चैत्र २०७७, आईतवार ०८:०५

चैत १, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।  सर्वाेच्च अदालतले गत फागुन २३ मा नेकपा (एमाले) र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक उक्त दलको केन्द्रीय कमिटी बैठक बसेको हो । 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, दलको अवस्था र आगामी दिनमा खेल्ने रणनीतिका बारेमा छलफल भइरहेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने छन् । बैठकमा सरकार गठन र त्यसका लागि दलबीच भइरहेको वार्ता प्रक्रियाका विषयमा छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए । 

उनका अनुसार दलको नाम तथा कम्युनिष्ट पार्टीबीचको एकताको विषयमा समेत बैठकमा छलफल भइरहेको छ । यसअघि शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको तथा एमाले पार्टी कमिटीमा रहेका नेतालाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ