१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको काँधमा जिम्मेवारी आएको छ : देउवा

१ चैत्र २०७७, आईतवार १२:१०

चैत १,काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन् । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आज उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने बताए । 

पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताए । उनले भने, “देशलाई कांग्रेसको खाँचो रहेको हँुदा हामी सबै कांग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ ।” उनले विकास, समृद्धिसँगसँगै विधिको शासन कायम गरी भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु नै मुलुकका लागि हितकर हुनेमा जोड दिए । 

खेलकूद विभागका केन्द्रीय सदस्य मणिभूषण यादवको अध्यक्षतामा सम्पन्न सो उद्घाटन कार्यक्रममा पूर्वमन्त्री मोहन बस्नेत, फरमुल्ला मंसुर, उमाकान्त चौधरी, कांग्रेसका केन्द्रीय सदस्यहरु बृजलाल यादव, राधेचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसियालगायतले संविधान र प्रजातन्त्रका लागि कांग्रेस जिम्मेवारी वहन गर्नुपर्ने समय आएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ