२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रीय कमिटी बैठक : मन्त्रीलाई पद त्याग गरी फिर्ता हुन निर्देशन

२०७७, १ चैत्र आईतवार १२:५९

चैत १, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) को केन्द्रीय कमिटीले स्थायी कमिटीको प्रस्ताव गरेअनुसार अहिलेसम्म मन्त्री पदमा रहेका नेतालाई पद त्याग गरेर सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ ।

बैठकले पार्टीका केन्द्रीय कमिटीलगायत विभिन्न कमिटीमा रहेका सदस्य अर्काे पार्टीमा रहेको भन्ने सार्वजनिक सूचना प्राप्त भएकाले माआवादी केन्द्रमा रहेको हो होइन, आफ्नो पार्टी कुन हो स्पष्ट गर्न स्पष्टीकरण माग्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

जारी बैठकपछि पत्रकारसँग प्रवक्ता श्रेष्ठले विभिन्न राजनीतिक दलसँग वार्ता र छलफललाई भने निरन्तरता दिने जानकारी दिनुभयो । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा मन्त्रीबाट फिर्ता नभए अनुशासनको कारवाही गर्ने विषयमा समेत छलफल भएको जानकारी दिनुभएको छ । बैठक सोमबार पुनः बस्नेछ ।

बैठकको शुरुआतमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति कम्युनिष्ट पार्टीमाथि भएको आक्रमणको स्थिति, पार्टी र कम्युनिष्ट आन्दोलनमा देखापरेको चुनौती र भावी कार्ययोजनाबारे समीक्षात्मक जानकारी गराउनु भएको प्रवक्ता श्रेष्ठले सुनाउनुभयो । बैठकमा पार्टी केन्द्रीय कार्यालयका तर्फबाट रिपोर्टिङ गर्दै उहाँले पार्टी र नेपाली कम्युनिष्ट आन्दोलनको विषयमा ब्रिफिङ गर्नुभएको थियो । उहाँले पार्टीलाई क्रान्तिकारी दिशातर्फ लैजाने विषयमा बैठकमा आफ्नो भनाइ प्रस्तुत गर्नुभएको थियो । बैठकमा सहभागी नेताले पार्टीको नाम फेर्ने विषयसमेत उठेको जानकारी दिनुभयो । 

श्रेष्ठका अनुसार बैठकले वर्तमान परिस्थिति पार्टीको अवस्था र नेपाली कम्युनिष्ट अन्दोलनबारे केन्द्रीय कार्यालयबाट रिपोर्टिङ गर्ने, सङ्गठानात्मक अवस्था र समसामयिक परिस्थितिबारे सबै प्रदेशबाट जानकारी गराउने, केन्द्रीय कमिटीका सबै सदस्यले वर्तमान सन्दर्भमा पार्टी र आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा सुझावात्मक टिप्पणी गर्ने, सङ्गठनात्मक काम र पार्टी विधान संशोधन तथा पार्टी अनुशासन, राष्ट्रिय भेला कम्युनिष्ट आन्दोलन एकीकरणका विषयका कार्यसूची पास गरेको छ । 

उक्त कार्यसूचीअनुसार आजको बैठकमा प्रदेशबाट नेताहरूले सङ्गठनको स्थिति र वर्तमान अवस्थाका बारेमा रिपोर्टिङ गर्नुभएको थियो । बैठकमा प्रदेश नं १ र २ बाट सह–इन्चार्जद्वय सावित्रीकुमार काफ्ले र विश्वनाथ शाह, वाग्मती प्रदेशबाट अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशबाट अध्यक्ष हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशबाट सचिव मायाप्रसाद काफ्ले र सुदूरपश्चिम प्रदेशबाट सचिव लेखबहादुर चौधरीले वर्तमान अवस्थाका बारेमा रिपार्टिङ गर्नुभएको थियो ।

बैठकमा उपत्यका विशेष कमिटीका इन्चार्ज लीलामणि पोखरेल, प्रदेश सम्पर्क समन्वय कमिटीबाट अध्यक्ष प्रल्हाद बुढाथोकी र प्रवास समन्वय कमिटीबाट अध्यक्ष युवराज चौलागार्इंले सङ्गठनको स्थिति र वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । 

बैठकमा सहभागी केन्द्रीय कमिटी सदस्य ईश्वरीप्रसाद भट्टराईले पार्टी अब नयाँ ढङ्गबाट अघि बढाउनेमा सबै नेताहरू दृढ रहेको र सोही अनुसार केन्द्रीय कमिटी बैठक शुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसर आज एजेन्डामा मात्रै प्रवेश गरेकाले सोमबारदेखि मिहीनरुपमा छलफल हुने जानकारी गराउनुभयो । भट्टराईले भन्नुभयो, “सङ्गठनलाई सुदृढ बनाउने जनतामा जानुपर्छ भनेर अब नेताहरूले सोच्नुपर्छ, दलाल प्रवृत्तिलाई छाडेर बल प्रयोगका कुरामा जानुपर्छ ।” बैठक सोमबार ११ बजे पुनः बस्नेछ । सोमबार केन्द्रीय कमिटीका सदस्यले रिपोर्टिङ गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा