१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैनः वरिष्ठ नेता पौडेल

२ चैत्र २०७७, सोमबार ०७:२९

चैत २, पर्वत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ  । सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसद्माथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताउनुभयो । 

वरिष्ठ नेता पौडेलले  कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गर्नुभयो ।  नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताउनुभयो । 

“देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ तर अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैन”, पूर्वउपप्रधानमन्त्री पौडेलले भन्नुभयो,  “अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्छ, कांग्रेस आन्तरिक किचलोमा फसेको छ,  सबै मिलेर कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ