१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल समूहको कार्यकर्ता भेला : दुई हजार बढी अगुवा कार्यकर्ता सहभागी हुने

३ चैत्र २०७७, मंगलवार ०९:१८

चैत ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्सवादी-लेनिनवादी)एमालेको माधव कुमार नेपाल-खनाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै  भेलाको व्यवस्थापकीय तथा राजनीतिक तयारी पूरा भएको प्रचार विभाग प्रमुख योगेश भट्टराले जानकारी दिए ।

ओलीले ३ जेठ, २०७५ मा नेकपा (एमाले) र नेकपा ( माओवादी केन्द्र) बीच सम्पन्न एकीकरणलाई २३ फागुन, २०७७ मा सर्वोच्च अदालतले खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको नेकपा (एमाले) लाई फैसला अनुसार सञ्चालन गर्न आनाकानी गरेको नेपाल समूहले बताएको छ ।

एमाले पूर्ववत अवस्थामा फर्किनु भनेको नवै महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरुको स्वतः पुनर्स्थापना भएपनि ओलीले आफूखुसी बैठकका नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने कार्य भइरहेको नेपाल समूहको भनाई छ ।

'यसका विरुद्धमा हामी दृढतापूर्वक उभिएका छौ र राष्ट्रिय कार्यकर्ता भेलामार्फत हामी यो सन्देश आधारभूत तहसम्म पुन्याउन चाहन्छौ ।' विज्ञप्तिमा भनिएको छ, 'केन्द्रीय कमिटीको बैठकका नाममा यही फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले पार्टीमा थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको छ। त्यस अवैधानिक र पार्टी एकताविरोधी कदमलाई सम्पूर्ण रुपमा खारेज गरी पार्टीको विधान बमोजिम केन्द्रीय कमिटीको बैठक आयोजना गरेर पार्टीलाई सुचारु गर्नुपर्छ भन्नेमा हामी दृढ छौं ।'

भेलामा केन्द्रदेखि जिल्ला कमिटीका पदाधिकारीहरु गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ । ओलीले फागुन २८ गते बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटीको बैठक राखेर पार्टीमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी खारेज गरेका थिए ।

उनले नेपाल पक्षका नेताहरुलाई हटाएर माओवादी केन्द्रबाट आएका नेताहरुलाई जिम्मेवारी दिएका हुन् । 

No description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ