१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

उपभोक्ता समिति गठनको विषयलाई लिएर गलत प्रचार गरियो : नगर प्रमुख बिष्ट

४ चैत्र २०७७, बुधबार ०८:१५

चैत ४, बझाङ । बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ मा सामुदायिक स्वास्थ्य क्लिनिकको शौचालय निर्माणको लागि उपभोक्ता समिति गठनको विषयलाई लिएर गलत प्रचार गरिएको प्रति नगर प्रमुख धन बहादुर बिष्टले आपत्ति जनाएका छन् ।

उनले समिति गठनको विषयमा जानकारी नभएको भन्दै आफ्नो परिवारलाई जोडेर प्रचार गर्नु गलत भएको बताए । 'मलाई त्यो जानकारी पनि छैन,थाहा पनि छैन,को समितिमा बस्ने के बस्ने त्यो मेरो जानकारीको विषय होइन' उनले भने, 'मेरो परिवारको मान्छे वा नातेदार कुनै समितिमा बसेको छैन,यस्तो भेटिएको खण्डमा कारबाही भोग्न तयार छु,असत्य ठहरिए लेख्ने र भन्नेलाई कारबाही गर्नुपर्छ।'  

सो ठाउँमा स्वास्थ्य चौकिको भवन नभएर सामुदायिक क्लिनिकको शौचालय निर्माणको लागि गाउँका मान्छेहरु बसेर समिति गठन गरेका थिए । समिति कालि कामीको अध्यक्षतामा गठन गरिएको थियो । भने सचिवमा कमला पातली र कोषाध्यक्ष हरिलाल पातली रहेका छन् ।

उनले सो शौचालय निर्माणको लागि रकम समेत आफूलाई थाहा नभएको अवस्थामा नाम जोडिएको प्रति आपत्ति जनाए । 'रकम समेत जानकारी नहुँदै कसरी नाम जोडियो यसमा मेरो आपत्ति छ ।' नगर प्रमुख बिष्टले भने ।

मंगलबार नेपाल सरकारका पूर्व उपसचिव भिम उपाध्यायले सामाजिक संजाल फेसबुकमा बुङ्गल नगरपालिकाको स्वास्थ्य चौकि निर्माणका लागि मेयरको घरमा ४ जना एकै परिवारको सदस्य राखेर उपभोक्ता समिति गठन गरेको भन्दै लेखेका थिए ।

No description available.




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ