१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

५ चैत्र २०७७, बिहीबार ०९:५०

चैत ५, काठमाडौँ । नेकपा (एमाले)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलका सदस्यमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला  पौडेल रहनुभएको छ । तामाङले एमालेको संसदीय दलको विधान विसं  २०७२ यता संशोधन नभएकाले सोका लागि कार्यदल गठन गरिएको जानकारी दिनुभयो । यही चैत ७ गते बस्ने संसदीय दलको अर्को बैठकले संशोधन विधान पारित गर्ने बताइएको छ ।  उहाँले पुरानो विधानका आधारमा २५ सदस्यीय संसदीय बोर्डसमेत गठन गरिएको बताउनुभयो । बोर्डमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्यका रूपमा रहनुभएको छ ।

यस्तै बोर्ड सदस्यमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकु¥याल, खिमलाल भट्टराई, पौडेल, तामाङ, डा बिन्दा पाण्डे, राधाकुमारी ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, रेखा झा, नारदमुनि राना, मोहन बानियाँ, विमला विक, भूपेन्द्र थापा, राजेन्द्र राई, खेम लोहनी र सरिता न्यौपाने रहनुभएको छ । एक जना पछि मनोनयन गरिने जनाइएको छ । उहाँले बैठकमा नआउनेलाई कारवाही गर्नका लागि कुनै छलफल नगरिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ