१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा खारेजको फैसला पुनरावलोकनमा जाने माओवादीको तयारी

१० चैत्र २०७७, मंगलवार ०८:०४

चैत १०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरावलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरावलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग पारमर्श गरेको हो । 

सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र एकीकरण गरी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेको थियो । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग नेकपाको नाम जुधेको भन्दै अदालतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपा बदर गरी ती दुई दललाई एकीकरण पूर्वको अवस्थामा पुयाइदिएको थियो । 

नेकपाको नामसम्बन्धी मुद्दामा सर्वोच्चले रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर पार्टी एकीकरण बदर गर्ने फैसला गरेको भन्दै कानून व्यवसायीले आश्चर्य प्रकट गरेका थिए । यद्यपि, अदालतको फैसलाअनुसार दुवै दलले पूर्ववत् अवस्थामा आ–आफ्नो गतिविधि अगाडी बढाएका छन् । 

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो छलफलमा सहभागी कानून व्यवसायीले पनि सर्वोच्चले मागदाबीभन्दा बाहिर गएर फैसला गरेकाले पुनरावलोकनमा जान सकिने सुझाव दिएका सो पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारीदिए । फैसलाको पुनरावलोकनका लागि ६० दिनभित्र प्रक्रिया अगाडि बढाउनुपर्ने कानूनी व्यवस्था छ । 

“पार्टी एकता बदर गर्ने सर्वोच्चको फैसला बेठीक छ भनेर पहिलेदेखि नै कानून व्यवसायीले भन्दै आएका थिए, यो फैसला न्यायिकभन्दा पनि राजनीतिक प्रकृतिको छ, मागदाबी नै नगरेको विषयमा फैसला गरिएको छ, त्यसकारणले छिटोभन्दा छिटो पुनरावालेकनमा जानुपर्छ भनेर कानून व्यवसायीको सुझाव रह्यो”,उनले भने, “अब पार्टीले छिट्टै निर्णय गरेर अगाडि बढ्छ ।”

सर्वोच्च अदालतको फैसलाबाट जनप्रतिनिधिमूलक संस्था संसद् पुनःस्थापना भए पनि सरकारको पछिल्लो गतिविधि फेरि पनि संसद् विघटन गर्ने दिशातर्फ उन्मुख रहेको पनि माओवादीले निष्कर्ष निकालेको छ । सरकारले सदनलाई प्रभावकारीरुपमा अगाडि बढाउन आवश्यक ‘बिजनेस’ दिन नसकेको भन्दै माओवादीले असन्तुष्टिसमेत व्यक्त गरेको छ । 

फेरि पनि संसद् भङ्ग गर्ने सङ्केत देखापरेको र त्यस्तो अवस्था आए के गर्ने भन्दै कानून व्यवसायीसँग परामर्शसमेत गरिएको सचेतक गुरुङले बताए । “अहिलेको समसामयिक कानूनी जटिलता, संसद्मा देखापरेका असहजताका बारेमा नेताहरुले कानून व्यवसायीसँग परामर्श गर्नुभएको हो”, उनले भने, “सरकारले संसद्लाई ‘बिजनेस’ दिन छाडेको छ, जसरी भए पनि फेरि संसद् भङ्ग गर्नेतर्फ सरकार अगाडि बढेको देखिन्छ । यस्तो अवस्थामा सदनलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा कानूनी परामर्श खोजिएको हो ।” 

मन्त्रिपरिषद्को बैठकको सिफारिसमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । गत फागुन ११ गते सर्वोच्च अदालतले संसद् भङ्ग गर्ने सरकारको उक्त कदम असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापित गराइदिएको थियो । छलफलमा राजधानीमा उपलब्ध स्थायी समितिका सदस्य र कानून व्यवसायीको सभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ