२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली सरकारको भूलैभूलको रवैया

२०७८, ४ जेष्ठ मंगलवार ०२:४९

जेठ ४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई अहिलेको संसद् मन परेको छैन । उनले संसद् सदस्यको रुपमा न त शपथ लिएका छन् न त संसद्का बैठकमा उपस्थित हुँदा संसद्को सम्मान नै गर्ने गरेका छन् । 

गत वर्ष संसद्को सम्मान नै गर्ने गरेका छन् । गत वर्ष संसद्को प्रश्नोत्तर कार्यक्रम र संसदीय समितिले बोलाएको बेला उपस्थित नै नहुने गरेका थिए उनी ।

संसद्मा उपस्थित भएर बोल्दा संसद् र सांसदको अपमान गर्ने काम पनि धेरै गरेको उनीमाथि आरोप छ । कोरोना भाइरसको विषयमा पनि प्रधानमन्त्री ओलीले २०७७ जेठ २८ गते संसद्मा बोल्दै 'बेसारपानी खाए कोरोना लाग्दैन 'भन्ने अभिव्यक्ति दिए । 

यो समाचार आजको नागरिक दैनिकमा छ । 

उनले नेपालीको ‘इम्युनिटी’ क्षमता बढी भएको बताउँदै नेपालीले कोरोनालाई जित्छन् समेत भने। ‘नेपालीमा प्रतिरोधात्मक क्षमता धेरै राम्रो छ, अरू देशको तुलनामा मृत्यु हुनेको संख्या पनि कम हुनेछ, मृत्यु नहोस् भन्ने कुरामा ध्यान दिएका छौं, उपचारको प्रबन्ध पनि राम्रो छ,’ उनले भनेका थिए। प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले प्रतिरोधात्मक क्षमता बलियो छ भनेर कसले भन्यो भन्दै प्रश्न गर्दा त्यसको जबाफमा प्रधानमन्त्री ओलीले भने, ‘भर्खरै सुन्नुभो नि, मैले भनेको।’  

ओलीले नेपाली खानामा बेसार, नुन, जिरा, अदुवालगायत औषधिजन्य समेटिने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढी रहेको दाबी गरेका थिए। प्रधानमन्त्री जस्तो व्यक्तिले गतवर्षको कोरोनाबाट मृत्यु भएका व्यक्तिलाई अरू रोगले मरेका हुन् भन्ने अभिव्यक्ति दिँदै विश्व स्वाथ्य संगठनको मापदण्डअनुसार मरेको भन्नुपरेको समेत बताए। ‘१५ जनाको निधन भएको छ, त्यो कोरोनाकै कारणले मात्र होइन, कतिपय अरू कारणले अत्यन्तै सिकिस्त भएका व्यक्तिमा कोरोना सरेको अथवा बाँच्ने स्थिति नरहेका व्यक्तिमा कोरोना सरेको हो, पहिले उपचाररत रहँदा कोरोना फेला नपरेको र निधनपछि कोरोना संक्रमित फेला परेको खालको स्थिति हो’ भनेर उनले संसद्मा भनेका थिए। 

यस्तो कुरा गर्ने प्रधानमन्त्री ओलीले केही दिनअघि भने आफूले विगतमा भनेको कुरालाई सत्य नभएको स्वीकार गर्नुप¥यो। शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘मैले के ठानेको थिएँ भने हाम्रो ‘इम्युन सिस्टम’ धेरै ‘स्ट्रङ’ छ। त्यसकारण अलिअलि सर्ला, यो तहमा वृद्धि हुन सक्दैन। तर यो तहमा वृद्धि भयो। सामान्य ‘इम्युन सिस्टम’ ले पनि यसलाई ‘रेसिस्ट’ गर्न सक्दो रहेनछ।’  

प्रधानमन्त्रीले यसो भनिरहँदा कतिपयले सामाजिक सञ्जालमा गलत प्रचार गरेकाले कोरोनाबाट मृत्यु हुनेको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा