२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले उद्घाटन गरेका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न देउवाको निर्देशन

१० भाद्र २०७८, बिहीबार ०२:२६

भदौ १०,  काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री  शेरबहादुर  देउवाको  अध्यक्षतामा  बुधबार  बसेको  राष्ट्रिय  पुनर्निर्माण  प्राधिकरणको  २०औँ  निर्देशक  समितिको  बैठकमा  प्राधिकरणका  पदाधिकारीलाई उनले यस्तो निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर काम अझै बाँकी रहेका आयोजनाको  काम  प्रभावकारी  ढङ्गले  सञ्चालन  गर्न  र  त्यसका  लागि  सरकारले  सबै  किसिमको  सहयोग  गर्ने  बताए ।

बैठकले  २०७२  साल  वैशाख  १२  गतेको  महाभूकम्पले  क्षति  पु¥याएको  भौतिक संरचना पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण  प्राधिकरणले  आफ्नो  जिम्मेवारी  सम्बद्ध  निकायलाई  हस्तान्तरणमा  लैजाने  निर्णय  भएको  जानकारी  प्रधानमन्त्री  कार्यालयका  उपसचिव  बद्री  तिवारीले  दिए  ।

बैठकपछि  प्राधिकरणका  प्रमुख  कार्यकारी अधिकृत सुशील ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै बाँकी रहेका पुनर्निर्माणका कार्यहरू सम्बन्धित मन्त्रालयमार्फत गरिने निर्णय पनि भएको छ ।

उनका अनुसार विपत् व्यवस्थापनसँग सम्बन्धित कामहरू  राष्ट्रिय  विपत्  जोखिम  न्यूनीकरण  तथा  व्यवस्थापन  आयोजनाबाट  समन्वय,  अनुगमन  तथा  व्यवस्थापन गरिने भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प