२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा एकै दिन तीन ठूला दलका नेताहरूको कार्यक्रम

२०७८, ९ कार्तिक मंगलवार १३:५०

कात्तिक ९, सर्लाही | हिन्दु धर्मलाम्वीहरूको दोस्रो महान चाड दीपावली तथा छठ आउँदै गर्दा कार्यक्रमहरू पनि बढ्दो छ । विशेषत: यो समयमा तराईमा विभिन्न कार्यक्रम हुने गरेका छन् ।

केही दिनयता सर्लाहीमा नेपालको राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने नेताहरू आउन थालेका छन् । दीपावली तथा छठ पर्व लक्षित कार्यक्रमहरूसँगै व्यक्तिगत भेटघाटका लागि नेताहरू आउने क्रम बढ्दो छ । 

मंगलवार सर्लाहीमा विभिन्न तीन स्थानमा तीन पार्टीको कार्यक्रम छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ९ र १० कात्तिकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन सर्लाही आइपुगेका छन् ।

हरिवन नगरपालिका-५, घुर्कौलीमा वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने गर्ने बहानामा सर्लाही आइपुगेका अध्यक्ष नेपाल अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् । उनको १० कात्तिक बिहान कार्यकर्ताहरूसँग अनौपचारिक भेटघाट गर्ने, लालबन्दी नगरपालिका-१५ र १६ परवानीपुर बोहोरे डाँडामा पुष्पलालको शालिक अनावरण र जिल्ला कमिटीको घोषणा समारोहलाई सम्वोधन गर्नेलगायतको कार्यक्रम छ । 

यस्तै , लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पनि सर्लाही आइपुगेका छन् । उनीहरू बरहथवा नगरपालिकामा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन् सर्लाही आइपुगेका हुन् । नेपाली कांग्रेसले सर्लाहीको हरिपुर नगरपालिका-१ जानकीनगरमा आयोजना गरेको दीपावली तथा छठ पर्वको शुभकामनासँगै पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, संविधानसभा सदस्य बद्री पाण्डे, डा. शाेभाकर पराजुली, उज्जवल बराललगायतको उपस्थिति रहेको छ । 

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव गत बिहीबार सर्लाहीस्थित कविलासी नगरपालिकामा आयोजित दुईवटा कार्यक्रममा सहभागी भएर फर्किएकी छिन् । त्यसअघि बुधबार मात्रै अर्थमन्त्री जनार्दन शर्मा रामनगर गाउँपालिकामा माओवादी नेता शिवपुजन रायका पिताको श्रद्धान्जली सभा र बरहथवास्थित हीरापुर ब्यारेजको निरीक्षणमा सहभागी हुन आएका थिए । यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव पनि दसैँमा सर्लाही आएर एक साता लामो गृहजिल्ला बसाइपछि भर्खरै संघीय राजधानी काठमाण्डौं फर्किएका थिए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा