२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा ४६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पूर्णमात्रा

२०७८, १० मंसिर शुक्रबार १५:१२

एसवी थापा | मङ्सिर १०, सर्लाही | कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउने सर्लाहीमा ४६.२६ प्रतिशत पुगेका छन् । 

शुक्रबारसम्म जिल्लामा ४६.२६ प्रतिशत अर्थात् २ लाख ४१ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो । स्वास्थ्य कार्यालयका अनुसार ३० हजार नागरिकले पहिलो मात्रा खोप लगाएका छन् । 

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर नवल किशोर झाले पहिलो मात्रा खोप लगाएकाहरू अहिले धमाधम दोस्रो मात्रा खोप लगाई रहेको बताएका छन् । आइतबारसम्म उनीहरू सबैले पूर्णमात्रा खोप लगाई सक्ने उनको भनाइ छ ।

जिल्लामा १८ वर्ष माथिका खोप लगाउने उमेरका झण्डै ५ लाख २१ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय सर्लाहीको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार जिल्लामा अझै २ लाख ५० हजारको हाराहारीमा कोरोना खोप लगाउन बाँकी रहेको डाक्टर झाको भनाई छ ।

जिल्लामा उपलब्धताको आधारमा प्राप्त खोप प्राथमिकताको आधारमा लगाउने गरिएको उनले बताए । यस पहिले खोप लगाउने लक्षित समूहका कारण आफूहरूले सोचेको लक्ष्य पुरा नभएको उनले सुनाए । दोस्रो लहर सुरुभएदेखि आजसम्म सर्लाहीमा कोरोना संक्रमणका कारण ८८ जनाले ज्यान गुमाएका छन् । 

यस्तै जिल्लामा हालसम्म कोरोना संक्रमित हुने संख्या २५ सय २० पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । तर, अहिले जिल्लामा कोही पनि संक्रमित नरहेको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर झाले जनकारी दिए । कोरोना संक्रमितको उपचारको लागि जिल्लामा ४ सय २१ बेड क्षमताको १४ स्थानमा आइसोलेसन सेन्टर निर्माण गरिएको थियो । 

अब प्राप्त हुने खोप स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम १८ वर्ष माथिका सबैलाई लगाइने स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । आफूहरू खोपको पर्खाइमा रहेको उनले बताए ।  

सुरुमा खोपप्रति नकारात्मक दृष्टिकोणका कारण खोप लगाउन आनाकानी गरेका लाभग्राहीको अहिले खोपप्रति आकर्षित भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोना संक्रमणको दोस्रो लहरपछि खोपप्रति लाभग्राहीको आकर्षण ह्वातै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी