१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा ४६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पूर्णमात्रा

१० मंसिर २०७८, शुक्रबार १५:१२

एसवी थापा | मङ्सिर १०, सर्लाही | कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउने सर्लाहीमा ४६.२६ प्रतिशत पुगेका छन् । 

शुक्रबारसम्म जिल्लामा ४६.२६ प्रतिशत अर्थात् २ लाख ४१ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो । स्वास्थ्य कार्यालयका अनुसार ३० हजार नागरिकले पहिलो मात्रा खोप लगाएका छन् । 

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर नवल किशोर झाले पहिलो मात्रा खोप लगाएकाहरू अहिले धमाधम दोस्रो मात्रा खोप लगाई रहेको बताएका छन् । आइतबारसम्म उनीहरू सबैले पूर्णमात्रा खोप लगाई सक्ने उनको भनाइ छ ।

जिल्लामा १८ वर्ष माथिका खोप लगाउने उमेरका झण्डै ५ लाख २१ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय सर्लाहीको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार जिल्लामा अझै २ लाख ५० हजारको हाराहारीमा कोरोना खोप लगाउन बाँकी रहेको डाक्टर झाको भनाई छ ।

जिल्लामा उपलब्धताको आधारमा प्राप्त खोप प्राथमिकताको आधारमा लगाउने गरिएको उनले बताए । यस पहिले खोप लगाउने लक्षित समूहका कारण आफूहरूले सोचेको लक्ष्य पुरा नभएको उनले सुनाए । दोस्रो लहर सुरुभएदेखि आजसम्म सर्लाहीमा कोरोना संक्रमणका कारण ८८ जनाले ज्यान गुमाएका छन् । 

यस्तै जिल्लामा हालसम्म कोरोना संक्रमित हुने संख्या २५ सय २० पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । तर, अहिले जिल्लामा कोही पनि संक्रमित नरहेको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर झाले जनकारी दिए । कोरोना संक्रमितको उपचारको लागि जिल्लामा ४ सय २१ बेड क्षमताको १४ स्थानमा आइसोलेसन सेन्टर निर्माण गरिएको थियो । 

अब प्राप्त हुने खोप स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम १८ वर्ष माथिका सबैलाई लगाइने स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । आफूहरू खोपको पर्खाइमा रहेको उनले बताए ।  

सुरुमा खोपप्रति नकारात्मक दृष्टिकोणका कारण खोप लगाउन आनाकानी गरेका लाभग्राहीको अहिले खोपप्रति आकर्षित भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोना संक्रमणको दोस्रो लहरपछि खोपप्रति लाभग्राहीको आकर्षण ह्वातै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक