४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका तीन तहमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

११ मंसिर २०७८, शनिबार ०७:२५

मंसिर ११, गुल्मी | माओवादी केन्द्र गुल्मीले तीन स्थानीय तहमा गाउँ कमिटी विस्तार गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका, छत्रकोट र गुल्मीदरवार गाउँपालिकाको गाउँ अधिवेशन सम्पन्न भएका हुन् ।

मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य कमिटी निर्माण गरिएको छ । कमिटीको उपाध्यक्षमा प्रेमबहादुर खड्काथोकी, रोमाकान्त खरेल र चन्द थापा छन् । सचिवमा युवराज खरेल, सहसचिवमा प्रकाश चालिसे र कोषाध्यक्षमा दिपम खराल रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।

छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्ष रामचन्द्र कँडेल, रामप्रसाद पाण्डेय र तारापति ज्ञवाली छन् । सचिवमा सरोज पाण्डेय, सहसचिव भागवत गिरी र कोषाध्याक्ष इन्दिरा पाण्डेय रहेको माओवादी केन्द्र गुल्मीका संयोजक बिर बहादुर कार्कीले जानकारी दिए ।

गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्षतामा ४९ सदस्य गाउँकमिटी विस्तार गरिएको छ । कमिटीको उपाध्यक्षमा शेरबहादुर सरतुंगी, झकबहादुर विक र यमबहादुर पाण्डेय छन् । सचिवमा राजन रेश्मी, सहसचिवमा कमलप्रसाद कँडेल र कोषाध्यक्ष शिला सरतुंगी रहेको कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार पहिलो चौमासिकमा राजश्व संकलन गर्न कमजोर भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं प्रधानमन्त्री ओली र सभापति देउवाबीच आजपनि छलफल हुँदै रुकुमपश्चिममा चिर्पट प्रहार गरेर श्रीमतीले गरिन् श्रीमानको ह-त्या अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा जनकपुर बोल्टस्ले गरे आधिकारिक जर्सी सार्वजनिक युक्रेनलाई रुसविरुद्धलामो दूरीको क्षेप्यास्त्रप्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै आशिषलाई प्रश्न : ‘पूर्ण वहादुरको सारङ्गी’ कि ‘रैया चाँदीको’ हिट ? उप–निर्वाचनःउमेदवारको नामावली आज प्रकाशन हुने युइएफए नेसन्स लिग : क्रोएशिया र पोर्चुगल क्वाटरफाइनलमा माओवादी पदाधिकारी बैठक आज बस्दै एनपिएलको खेल तालिका सार्वजनिक पृथ्वीराजमार्ग अन्तर्गत त्रिशूलीमा खस्यो ट्रक ! मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसमःकेही भूभागमा वर्षाको सम्भावना देशभर चिसो बढ्दो, जुम्लामा तापक्रम झन्डै -४°C मा झर्‍यो राष्ट्रिय कृषि कम्पनीमा १६१ जनाभन्दा बढी कर्मचारी माग(सुचनासहित) कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड