२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कांग्रेस अधिवेशन : गुल्मी मुसिकोटको मतदान स्थगित

२०७८, ११ मंसिर शनिबार ११:३२

मंसिर ११, गुल्मी, न्युज काराखाना | नेपाली कांग्रेस गुल्मीको अधिवेशनमा मुसिकोट नगरपालिका मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिको मतदान केन्द्रमा मतपत्रमा संकेत उल्लेख गरेर मतदान गरिएको भन्दै सभापतिका उमेदवार बेदबहादुर थापा मगरले विरोध जनाएपछि मतदान प्रक्रिया रोकिएको हो । थापा मगरले निर्वाचन अधिकृतलाई मतदान प्रक्रिया स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । मुसिकोटबाहेक अरु स्थानीय तहको मतदान भने सकिएको छ ।

उमेदवारहरूबीच सहमति भएपछि मात्रै मतदान सुरू हुने कांग्रेसका निवर्तमान सभापति भुवनप्रसाद श्रेष्टले जानकारी दिए । उनले सहमतिको प्रयास भए पनि आजै मतदान हुने सम्भावना कम भएको बताए । जिल्ला अधिवेशनमा सभापतिमा खिलध्वज पन्थी र बेदबहादुर थापा मगर, उपाध्यक्षमा शिव केसी, अनन्तराम पौडेल र झविन्द्र विश्वकर्मा, सचिवमा भगतसिंह खड्का, जगदिश भटराई, पृथ पौजदार र पूर्ण केसीले उम्मेदवारी दिएका छन् । सहसचिवमा निरोज मरासिनी, रेशम कुँवर, छवि पाण्डेय र धर्म पाण्डेले उम्मेदवारी दिएको निर्वाचन सहायक अधिवक्ता भिम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश