५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ कांग्रेस अधिवेशन : सभापति पदमा ५१ प्रतिशत मत नआएपछि पुनः मतदान

१२ मंसिर २०७८, आईतवार १०:१४

मंसिर १२, बागलुङ, न्युज कारखाना | नेपाली कांग्रेस बागलुङको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सहभागी कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः मतदान सुरु भएको छ । 

कांग्रेसको विधान २०१७ (संशोधनसहित) १२ (५) सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ प्रावधान छ ।

निर्वाचनमा सहभागी जगदीशचन्द्र उपध्याय, जीत शेरचन र द्रोण कुँवर पहिलो चरणको निर्वाचनमा सहभागी भएका थिए ।  मुख्य निर्वाचन अधिकृत विष्णुुप्रसाद शर्माका अनुसार उपाध्यायले सात सय ९०, शेरचनले ६ सय ८६ र कुँवरले एक सय ६४ मत प्राप्त गरेका छन्। शनिबार सम्पन्न पहिलो चरणको निर्वाचनमा कुल एक हजार ६ सय ८५ मत खसेको थियो ।  

विधानअनुसार सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि पचास प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजना उम्मेदवार बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर, पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा, बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तीन जना उम्मेदवार भएको हुँदा पुनः मतदान गर्नुपरेको मुख्य निर्वाचन अधिकृत शर्माको भनाइ छ । 

दोस्रो चरणको निर्वाचनमा सभापतिको उम्मेदवाार द्रोण कुँवरले सभापतिका अर्का उम्मेदवार जित शेरचनलाई सहयोग गर्ने घोषणा गरेका छन् । सभापतिका उम्मेदवार उपाध्याय कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, शेरचन पार्टी सभपति शेरबहादुर देउवा र कुँवर पनि देउवा निकट हुन् । 

अन्य पदाधिकारीको भने मतदान सम्पन्न भएको छ । आइतबार सभापतिका लागि मतदान भएपछि मात्रै अन्य मतगणना सुरु हुनेछ । अधिवेशनमा उपसभापतिमा उपाध्यायको समूहबाट नारायण शर्मा र तारानाथ पौडेल, शेरचन समूहबाट खिमानन्द पौडेल र सागर छन्त्याल तथा स्वतन्त्र रूपमा महेन्द्र आचार्य र पूर्णबहादुर पौडेल निर्वाचनमा सहभागी भएका छन् । सचिवका लागि उपाध्याय समूहबाट हरिहर शर्मा र कृष्ण केसी, शेरचन समूहबाट चिरन्जिवी गौतम र गण्डकी थापा निर्वाचनमा सहभागी छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता