२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशन : केन्द्रीय कमिटी र पदाधिकारीको नाम लेख्दै मेट्दै ओली

२०७८, १२ मंसिर आईतवार ११:०६

मंसिर १२, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तनावमा देखीएका छन् । चितवनको सौराहामा जारी पार्टीको दशौँ महाधिवेशनमा नेतृत्व चयनमा विवाद देखिएपछि उओली तनावमा देखिएका छन्।

पद भन्दा बढी आकांक्षीहरूको दाबी परेपछि पदाधिकारी र केन्द्रीय कमिटी छान्न ओलीलाई सकस परेको छ। सौराहास्थित एक होटेलमा ओली आफूनिकट नेताहरूसँग बस्दै केन्द्रीय कमिटी र पदाधिकारीको सूची हेरफेर गर्न व्यस्त रहेका छन् ।

ओलीनिकट एक नेताले भने, ‘नाम लेख्दै मेट्दै गर्नुपरेको छ। ‘सहमतिका लागि प्रयासहरू पनि जारी छन्।’

२ हजार बढी प्रतिनिधि सम्मिलित नेकपा एमालेको दशौँ महाधिवेशनमा नेता छान्ने जिम्मा ओलीको भागमा परेको छ। अध्यक्षमा ओलीलाई भीम रावलले चुनौती दिएका छन भने उपाध्यक्षमा घनश्याम भुसालको दाबी रहेको छ।

दुवै नेतालाई ओलीले पदाधिकारीमा पार्न चाहेका छैनन्। त्यस्तै महासचिवमा पनि विष्णु पौडेल र शंकर पोखरेलबीच कसले बाजी मार्ने भन्ने टसल रहेको छ।

वरिष्ठ उपाध्यक्षमा ओलीले ईश्वर पोखरेललाई ल्याउने चाहना राखेको भएपनि सुवासचन्द्र नेम्वाङले आफ्नो अडान छाडेका छैनन्। निर्वाचन गर्न ओली चाँहदैनन् भने आफ्नो अडान छोड्न आकांक्षीहरू मानिरहेका छैनन्।

केन्द्रीय कमिटीको पदाधिकारी र सदस्यका आकाङ्क्षी प्रतिनिधिकाबीच मत माग्नतिरभन्दा अध्यक्ष ओली र उन निकटका शीर्ष नेतालाई आफ्नो नाम नछुटाउन लविङ गरिरहेका छन्।

त्यसरी जाने नेता र प्रतिनिधिलाई अध्यक्ष ओलीले ठोस जवाफ नदिइ फर्काउने गरेको बुझिएको छ। सहमतिको नाम प्रस्ताव गर्ने अधिकार बन्दसत्रले अध्यक्ष ओलीलाई दिएकाले सबैको दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली परेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश