५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एमालेमा उठ्यो वरिष्ठ उपाध्यक्ष पद खारेजीको विषय

१२ मंसिर २०७८, आईतवार १२:०४

मंसिर १२, चितवन | दशौं महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्न ‘सकस’ भएपछि नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्नुपर्ने विषय उठेको छ। वरिष्ठ उपाध्यक्षमा कुरा नमिलेपछि उक्त पद नै खारेज गर्न सुझाव आएको हो। वरिष्ठ उपाध्यक्षमा नेताहरूले आ-आफ्नो अडान नछोडेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता सुवास नेम्वाङले उक्त पद नै खारेज गर्न ओलीलाई सुझाव दिएका हुन्।

ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन्। यसअघि एमालेले भविष्यमा प्राप्त गर्न सक्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदमा सिफारिस गर्ने गरी ओलीले नेम्वाङलाई मनाउने प्रयास गरेका थिए। तर, त्यसमा नेम्वाङ राजी भएका छैनन्। एमाले एक नेताका अनुसार नेम्वाङले पार्टीमा ओलीबाहेक अरूलाई नेता नमान्ने सन्देश ओलीलाई पठाएका छन्।

यदि आफूलाई उपाध्यक्षमा राख्ने भए वरिष्ठ उपाध्यक्ष पद खारेज गर्न सुझाव दिएको ती नेता बताउँछन्। वरिष्ठ उपाध्यक्ष बाहेक उपाध्यक्ष, महासचिव र सचिवका आकांक्षीहरु पनि धेरै भएकाले ओलीलाई पदाधिकारी चयनमा सहमति निकाल्न सकस भएको छ। ओलीले पदाधिकारीको टुंगो लगाउन आफू निकट चार नेतालाई जिम्मेवारी दिएका थिए।

विष्णु पौडेल, शंकर पोखरेल, पृथ्बीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले कमिटीको खाका तयार पारेका छन्। उक्त खाका अध्यक्ष ओलीलाई बुझाइएको छ। ओलीले रुजु गरेर आजै साँझ बस्ने बन्दसत्रमा सुनाउने बताइएको छ। यता अध्यक्षका दाबेदार रहेका भीम रावले उक्त नामावली आफूले नमान्ने बताएका छन्। उनले निर्वाचनको माध्यमबाटै कमिटीको टुंगो लगाउनुपर्ने बताएको उनी निकट नेताहरूले बताएका छन्।

त्यसो नगरिए बन्दसत्र बहिष्कार गर्ने चेतावनीसमेत दिइएको बताइएको छ। यद्यपि ओलीले नेताहरूसँग छुट्टाछुट्टै र सामूहिक भेट गरेर मनाउने प्रयास गरिरहेका छन्। छलफलमा ओलीले सहमतिको वातावरणका लागि आग्रह गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता