२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले प्रस्ताव गरेको पदाधिकारी असमावेशी, महिला दुई, दलित र मधेसी समुदायबाट एक-एक जना मात्रै

१३ मंसिर २०७८, सोमबार ०६:३७

मंसिर १३, काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको १९ पदाधिकारीमा दुई जना महिलासहित एक–एक जना दलित र मधेसी समुदायको मात्रै प्रतिनिधित्व भएको छ ।

ओलीले आफ्नो प्रस्तावमा १९ मध्ये १३ जना खसआर्य समुदायबाट पदाधिकारीमा प्रतिनिधित्व गराए पनि अन्य समुदायबाट भने कम प्रतिनिधित्व गराएका छन् । 

एमालेको भावी पदाधिकारी संरचनामा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, विष्णु रिमाल खस आर्य समुदायबाट छन् । 

ओलीले प्रस्ताव गरेका सात जना सचिवमध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल गरी पाँचै जना खस आर्य समुदायका छन् । 

यसैगरी, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा अर्याललाई प्रस्ताव गरेर पदाधिकारीमा महिलालाई दुई जनामा सीमित गरेका छन् भने सचिवमा छविलाल विश्वकर्मालाई मात्रै समेटेर एक जना दलितको प्रतिनिधित्व गराएका छन् । 

ओलीको प्रस्तावअनुसार सचिव हुन लागेका रघुवीर महासेठ मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने एक मात्र एमालेका पदाधिकारी बनेका छन् ।

जनजाति समुदायबाट उपाध्यक्ष शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ गरी चार जना मात्रै आदिवासी जनजाति समुदायबाट छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प