२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले प्रस्ताव गरेको पदाधिकारी असमावेशी, महिला दुई, दलित र मधेसी समुदायबाट एक-एक जना मात्रै

२०७८, १३ मंसिर सोमबार ०६:३७

मंसिर १३, काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको १९ पदाधिकारीमा दुई जना महिलासहित एक–एक जना दलित र मधेसी समुदायको मात्रै प्रतिनिधित्व भएको छ ।

ओलीले आफ्नो प्रस्तावमा १९ मध्ये १३ जना खसआर्य समुदायबाट पदाधिकारीमा प्रतिनिधित्व गराए पनि अन्य समुदायबाट भने कम प्रतिनिधित्व गराएका छन् । 

एमालेको भावी पदाधिकारी संरचनामा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, विष्णु रिमाल खस आर्य समुदायबाट छन् । 

ओलीले प्रस्ताव गरेका सात जना सचिवमध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल गरी पाँचै जना खस आर्य समुदायका छन् । 

यसैगरी, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा अर्याललाई प्रस्ताव गरेर पदाधिकारीमा महिलालाई दुई जनामा सीमित गरेका छन् भने सचिवमा छविलाल विश्वकर्मालाई मात्रै समेटेर एक जना दलितको प्रतिनिधित्व गराएका छन् । 

ओलीको प्रस्तावअनुसार सचिव हुन लागेका रघुवीर महासेठ मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने एक मात्र एमालेका पदाधिकारी बनेका छन् ।

जनजाति समुदायबाट उपाध्यक्ष शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ गरी चार जना मात्रै आदिवासी जनजाति समुदायबाट छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न