२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘देश छान्ने कि गठबन्धन’भन्ने अवस्था आएमा हामी देश छान्छौं : माओवादी नेता पोखरेल

२०७८, १५ मंसिर बुधबार ०५:४४

मंसिर १५, सिरहा |  नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् ।

धनगढीमाई नगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोेधन गर्दै उनले माओवादी विनासर्त गठबन्धनसँग मिलेर चुनावमा जाने बताएका हुन् । 

‘अहिलेको गठबन्धनसँग मिलेर हामी चुनावमा पनि जान चाहन्छौँ । तर, कांग्रेसले यथास्थिति एमसीसी पास गराउने प्रस्ताव ल्याइरहेको छ । यतिबेला हामी देश छान्ने कि, गठबन्धन रोज्ने भन्ने अवस्था आयो भने हामी देश छान्छौं,’ उनले भने  ।

चुनावमा समीकरण गर्ने नाममा कुनै पनि अपारदर्शी, देश र जनतालाई आघात पुग्ने सहमति गर्न नसकिने उनले बताए । 

पोखरेलले एमालेले अब बामपन्थी पार्टी नरहेको जिकिर गरे । एमालेको अहिलेको नेतृत्व निरंकुशतार्फ अघि बढिरहेको जिकिर गर्दै उनले एमाले नेतृत्व मुलुकलाई कमजोर बनाउने र निरंकुशतातर्फ लैजाने क्रममा रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश