५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकेन्द्रबहादुर चन्द पनि युवाको पक्षमा, लिङ्देनलाई सहयोग गर्न कमल थापालाई आग्रह

१५ मंसिर २०७८, बुधबार ०९:०९

मंसिर १५, काठमाडौं |  राप्रपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राप्रपाको नेतृत्व अब युवापुस्तालाई दिनु उचित हुने आशय व्यक्त गरेका छन् ।

भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले अध्यक्षको दौडबाट पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पछि हटिसकेकाले अब कमल थापा पनि हट्नुपर्ने बताए । 

‘हिजो पशुपति र लोहनी अध्यक्षको दौडबाट हटिसक्नुभयो’, उनले भने, ‘अर्का नेता (कमल थापा)पनि अध्यक्ष दौडबाट हट्नुपर्छ । यो सरुवा रोगजस्तो होइन । कोही मेरो नजिक आएर हाँस्यो भने म नहाँसिकन बस्न सक्दिनँ । त्यसैले अध्यक्षद्वय जबरा र लोहनी पछि हटेकाले अब थापा पनि हट्नुपर्छ ।’ 

नेकपा मालेका सिपी मैनाली राप्रपाको अध्यक्ष बन्न लागेको भए शुभकामना भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर चन्दले पनि मैनाली राप्रपामा आउने भए स्वागत गर्ने बताए । 

मुलुकमा एउटा स्थायी संस्थाको आवश्यक रहेको भन्दै उनले राजसंस्था पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए । तर, राजसंस्थालाई कस्तो अधिकार दिने भन्ने विषयमा भने छलफल गर्नसकिने चन्दको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता