५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिपी मैनालीप्रति प्रचण्डको कटाक्ष : राप्रपाको अध्यक्ष हुन लागेको भए शुभकामना

१५ मंसिर २०७८, बुधबार ०९:१२

मंसिर १५, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा मालेका महासचिव सिपी मैनालीप्रति कटाक्ष गरेका छन्। बुधवारदेखि काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले राप्रपाको अध्यक्ष हुन लागेको भए बधाई छ भन्दै मैनालीप्रति कटाक्ष गरेका हुन्।

प्रचण्डअघि उद्घाटन समारोहलाई सम्बोधन गरेका मैनालीले राजा महेन्द्रको प्रशंसा गरेका थिए। उनले राजा महेन्द्र राष्ट्रवादी भएको बताएका थिए। उनले नेपालका विभिन्न समयमा भएका परिवर्तनमा विदेशी एजेन्डा पनि सँगै आएको तर्क गरेका थिए। २०६३ मा माओवादी शान्ति प्रक्रियामा आउँदा पनि भारतका केही एजेन्डा बोकेर आएको मैनालीको जिकिर थियो। आफूले पहिला राजाको विरोध गरेर गल्ती गरेको उनको भनाइ थियो।

मैनालीभन्दा पछि शुभकामना मन्तव्य दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपासँग आफ्नो मत नमिले पनि दुवै राष्ट्रवादी भएकाले एउटै गोत्रका भएको बताए। हालै चितवनमा सम्पन्न एमालेको दसौं महाधिवेशनलाई लक्षित गर्दै उनले पार्टी तीन टुक्रा बनाएर एकताको महाधिवेशन भनिएको बताए। ‘राप्रपाका तपाईंहरू तीन जना अध्यक्षहरू सँगै भएर एकता महाधिवेशनको नाम दिनुभयो। तपाईंहरूले जे भन्नुभयो त्यही गर्नुभयो तर यहाँ त पार्टी तीन टुक्रा भएका बेला पनि एकता महाधिवेशन गरेको देखियो,’ प्रचण्डले भने।

त्यसपछि उनले सिपी मैनालीलाई जवाफ फर्काए। ‘म उहाँले भने जसरी त भन्न सक्दिनँ। तर उहाँले नै हो हिजो राजाको विरोध गर्नुपर्छ भनेर टाउको काट्न सकिएको,’ प्रचण्डले भने,‘आज त उहाँले यसरी भन्नुभयो कि मानौं राप्रपाको अध्यक्ष नै हुन लाग्नुभयो। त्यस्तो हो भने उहाँलाई शुभकामना छ। प्रचण्डले हिजोका दिनमा राष्ट्रलाई स्वतन्त्र राख्न नेपालीले देखाएको वीरता र त्यसलाई नेतृत्व गरेका राजा-महाराजामा गर्व गर्न सकिने भए पनि एक्काइसौं शताब्दीमा लोकतन्त्रको परिभाषा बदलिसकेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता