५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दरहरैँचा र रतुमाईका मेयर कांग्रेस सचिवमै पराजित

१६ मंसिर २०७८, बिहीबार ०५:५५

मंसिर १६, विराटनगर, न्युज कारखाना | नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भएको चुनावमा दुई मेयर पराजित भएका छन् । सचिव पदमा दुई मेयर पराजित भएका हुन् । सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन् । 

सचिवमा संस्थापन समूहबाट उठेका सुन्दरहरैँचा नगरपालिकाका मेयर ढकालले एक हजार ८४ मत प्राप्त गरे भने संस्थापनइतर समूहबाट बागी उठेका  रतुवामाई नगरपालिकाका मेयर राईले ४५५ मत मात्र प्राप्त गरेका छन् । 

जिल्ला सचिवमा संस्थापनइतर समूहका मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।  घिमिरेले एक हजार २३५ मत प्राप्त गरे भने श्रेष्ठले एक हजार ५६९ मत प्राप्त गरे ।

जिल्ला उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेश कोइराला र भक्तिनाथ माझी थारू निर्वाचित भए । कोइरालाले एक हजार ९४० मत पाएका थिए भने थारूले एक हजार ३४३ मत मात्र प्राप्त गरे । सहसचिवमा भुवनेश्वर मण्डल र सञ्जयकुमार मण्डल निर्वाचित भएका छन् ।

सभापतिका संस्थापन इतरका डिकबहादुर लिम्बूले सभापतिमा जितेका छन् । सभापतिमा संस्थापन पक्षका दिलीप गच्छदारलाई हराउँदै लिम्बू विजयी  बनेका थिए ।

 गत १२ मंसिरमा  भएको चुनावमा उठेको लिम्बू ,गच्छदार र यदु बिष्टले ५१ प्रतिशत मत नल्याएपछि १४ गते पुनः चुनाव भएको थियो । अन्य पदाधिकारी तथा सदस्यहरूको भने १२ गते आइतवार चुनाव भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता