२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्धसँग जाेडिएका स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन राष्ट्रपतिको आग्रह

२०७८, १६ मंसिर बिहीबार ११:०३

मंसिर १६, बुटवल, न्युज कारखाना | राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धसँग सम्बन्धित स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन आग्रह गरेकी छिन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले बिहीबार आयाेजना गरेकाे कार्यक्रममा राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थल र यससँग जोडिएका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका बुद्ध भूमिहरूलाई एकीकृत योजनाअन्तर्गत ल्याउन आग्रह गरेकी हुन् ।

बुद्धका उपदेशले विश्वभरका शान्तिप्रेमीहरूको ध्यान तानिरहेकोले यस विषयलाई पाठ्यपुस्तकमै समावेश गर्नुपर्नेमा उनकाे जोड छ । उनले स्थानीय र प्रदेश सरकारले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने बताइन् । 'एकीकृत योजना निर्माणमा होस् वा बुद्धका उपदेश समेटिएको पाठ्यपुस्तक निर्माणमा होस्, स्थानीय र प्रदेश सरकारले पनि ध्यान दिनुपर्छ,' राष्ट्रपति भण्डारीले भनिन् ।

लुम्बिनी विश्वविद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आएकी हुन् । त्यस अवसरमा उनले लुम्बिनी गुरुयोजना छिटो पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । 'गुरुयोजनाले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व बोकेको छ, गुरुयोजना समयमै पूरा भए मात्रै लुम्बिनीको गरिमामाथि उठाउन सकिन्छ,' उनले भनिन् । राष्ट्रपति भण्डारीले लुम्बिनीको साँस्कृतिक महत्वलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिइन् । 'मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउनका लागि लुम्बिनीको पुरातात्विक र साँस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न आवश्यक छ,' उनले भनिन् । लुम्बिनीको विकासले नै मुलुकको समृद्धिको यात्रालाई अघि बढाउन सक्ने उनकाे भनाइ छ । 'बुद्ध धर्म मान्ने मात्र होइन, संसारमा शान्ति चाहने सबैले लुम्बिनीलाई विशेष महत्व दिएका छन्, यसको उपयोग गर्दै समृद्धिको यात्रालाई अघि बढाउनु आवश्यक छ,' उनले भनिन् । 

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलौराकोट र रामग्रामलाई लुम्बिनीसँग जोडेर विकास गर्ने हो भने पर्यटन क्षेत्रले नयाँ उचाइ लिने बताए । बुद्धको दिएकाे ज्ञान सबै नेपालीले लिन नसक्दा अनुशासित बन्न नसकेको उनकाे भनाइ छ । उनले यसबाट सबैले शिक्षा लिनुपर्ने बताए ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले लुम्बिनीको आर्थिक र पर्यटन विकासका लागि अघिल्लो सरकारले ल्याएको योजनालाई अहिलेको सरकारले पनि निरन्तरता दिएको बताए । उनले लुम्बिनी गुरुयोजना तथा बुद्ध शिक्षासँग जोडिएका विषयलाई तीनै तहका सरकारले विशेष चासोका साथ अगाडि बढाउने बताए ।

एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलको दोस्रो चरणको कामका लागि अहिलेसम्म एडीबीसँग ऋण सम्झौता नभएको बताए । उनले सरकारसँग यसको प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गरे । विमानस्थलको काम सकिएर उद्घाटन गर्ने बेला दोस्रो चरणको काम पनि सँगै सुरु गर्न उनले सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश