५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्धसँग जाेडिएका स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन राष्ट्रपतिको आग्रह

१६ मंसिर २०७८, बिहीबार ११:०३

मंसिर १६, बुटवल, न्युज कारखाना | राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धसँग सम्बन्धित स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन आग्रह गरेकी छिन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले बिहीबार आयाेजना गरेकाे कार्यक्रममा राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थल र यससँग जोडिएका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका बुद्ध भूमिहरूलाई एकीकृत योजनाअन्तर्गत ल्याउन आग्रह गरेकी हुन् ।

बुद्धका उपदेशले विश्वभरका शान्तिप्रेमीहरूको ध्यान तानिरहेकोले यस विषयलाई पाठ्यपुस्तकमै समावेश गर्नुपर्नेमा उनकाे जोड छ । उनले स्थानीय र प्रदेश सरकारले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने बताइन् । 'एकीकृत योजना निर्माणमा होस् वा बुद्धका उपदेश समेटिएको पाठ्यपुस्तक निर्माणमा होस्, स्थानीय र प्रदेश सरकारले पनि ध्यान दिनुपर्छ,' राष्ट्रपति भण्डारीले भनिन् ।

लुम्बिनी विश्वविद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आएकी हुन् । त्यस अवसरमा उनले लुम्बिनी गुरुयोजना छिटो पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । 'गुरुयोजनाले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व बोकेको छ, गुरुयोजना समयमै पूरा भए मात्रै लुम्बिनीको गरिमामाथि उठाउन सकिन्छ,' उनले भनिन् । राष्ट्रपति भण्डारीले लुम्बिनीको साँस्कृतिक महत्वलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिइन् । 'मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउनका लागि लुम्बिनीको पुरातात्विक र साँस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न आवश्यक छ,' उनले भनिन् । लुम्बिनीको विकासले नै मुलुकको समृद्धिको यात्रालाई अघि बढाउन सक्ने उनकाे भनाइ छ । 'बुद्ध धर्म मान्ने मात्र होइन, संसारमा शान्ति चाहने सबैले लुम्बिनीलाई विशेष महत्व दिएका छन्, यसको उपयोग गर्दै समृद्धिको यात्रालाई अघि बढाउनु आवश्यक छ,' उनले भनिन् । 

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलौराकोट र रामग्रामलाई लुम्बिनीसँग जोडेर विकास गर्ने हो भने पर्यटन क्षेत्रले नयाँ उचाइ लिने बताए । बुद्धको दिएकाे ज्ञान सबै नेपालीले लिन नसक्दा अनुशासित बन्न नसकेको उनकाे भनाइ छ । उनले यसबाट सबैले शिक्षा लिनुपर्ने बताए ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले लुम्बिनीको आर्थिक र पर्यटन विकासका लागि अघिल्लो सरकारले ल्याएको योजनालाई अहिलेको सरकारले पनि निरन्तरता दिएको बताए । उनले लुम्बिनी गुरुयोजना तथा बुद्ध शिक्षासँग जोडिएका विषयलाई तीनै तहका सरकारले विशेष चासोका साथ अगाडि बढाउने बताए ।

एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलको दोस्रो चरणको कामका लागि अहिलेसम्म एडीबीसँग ऋण सम्झौता नभएको बताए । उनले सरकारसँग यसको प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गरे । विमानस्थलको काम सकिएर उद्घाटन गर्ने बेला दोस्रो चरणको काम पनि सँगै सुरु गर्न उनले सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता