५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस प्रदेश अधिवेशन : बाग्मतीमा केसीको मनोनयन दर्ता, देउवा प्यानलबाट बानियाँ र प्रधान आंकाक्षी

१७ मंसिर २०७८, शुक्रबार ०६:२३

मंसिर १७, मकवानपुर, न्यूजकारखाना | नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बाग्मती प्रदेशमा नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन प्रक्रिया सुरू भएको छ । प्रदेश राजधानी हेटौंडामा सुरू भएको प्रदेश अधिवेशनमा नेतृत्व लिनका लागि मनोनयन दर्ता कार्य अहिले भइरहेको छ । 

बिहान ८ बजेबाट सुरू भएको मनोनयन दर्ता गर्ने कार्यमा अहिलेसम्म पार्टीको प्रदेश सभापतिका लागि जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गरेका छन् । केसी पार्टीमा रामचन्द्र पौडेल समूहमा छन् ।

सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्रबहादुर बानियाँ र भीमसेनदास प्रधानको नाम पनि चर्चामा छ । बानियाले भने शुक्रबारै प्यानल घोषणा गरेका छन् । 

बिहीबार औपचारिक रूपमा शुभारम्भ भएको प्रदेश अधिवेशनको दोस्रो दिन शुक्रबार निर्वाचन प्रक्रिया जारी रहेको हो । दिउँसाे १ बजेसम्म मनोनयन दर्ता गराउने समयतालिका रहेको प्रदेश निर्वाचन समिति बाग्मती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 

काफ्लेका अनुसार भोलि १८ मंसिर बिहान ९ बजेदेखि मतदान हुनेछ ।

नयाँ नेतृत्वका लागि प्रदेश प्रतिनिधिको रूपमा १३ जिल्लाबाट चुनिएर आएका करिब दुई हजार १३७ जना प्रतिनिधीले भोट हाल्नेछन् । अधिवेशनले पार्टी प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता