५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विधान परिवर्तनका लागि माओवादी केन्द्रले गर्‍यो कार्यदल गठन

१७ मंसिर २०७८, शुक्रबार ०६:३५

मंसिर १७, काठमाडौं | नेकपा माओवादी केन्द्रले विधान परिवर्तनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको छ। शुक्रवार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकले स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा विधान संशोधन उपसमिति गठन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

उपसमितिमा स्थायी कमिटी सदस्यहरु लिलामणि पोखरेल, जनार्दन शर्मा, मात्रिका यादव र पम्फा भुषाल रहेका छन्। कार्यदलले मंसिर २५ भित्र विधानको मस्यौदा तयार गर्ने छ।

त्यस्तै राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको महराले बताए।

बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधी बनाएको छ। केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष प्रचण्डलाई प्रस्ताव तयार पार्ने जिम्मेवारी समेत बैठकले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता