२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विधान परिवर्तनका लागि माओवादी केन्द्रले गर्‍यो कार्यदल गठन

२०७८, १७ मंसिर शुक्रबार ०६:३५

मंसिर १७, काठमाडौं | नेकपा माओवादी केन्द्रले विधान परिवर्तनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको छ। शुक्रवार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकले स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा विधान संशोधन उपसमिति गठन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

उपसमितिमा स्थायी कमिटी सदस्यहरु लिलामणि पोखरेल, जनार्दन शर्मा, मात्रिका यादव र पम्फा भुषाल रहेका छन्। कार्यदलले मंसिर २५ भित्र विधानको मस्यौदा तयार गर्ने छ।

त्यस्तै राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको महराले बताए।

बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधी बनाएको छ। केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष प्रचण्डलाई प्रस्ताव तयार पार्ने जिम्मेवारी समेत बैठकले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश