२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश समिति चयन गर्न आज मतदान : कहाँ, कस्तो छ समीकरण ?

२०७८, १८ मंसिर शनिबार ०४:३२

मंसिर १८, काठमाडौं | नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज प्रदेश समिति चयनका लागि मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिले तय गरेको कार्यतालिकाअनुसार प्रदेश २ बाहेक अरू प्रदेशमा हिजै उम्मेदवारी दर्ता सकिएको छ। देश संघीयतामा गएपछि संविधानमा व्यवस्था भएको संघीय संरचनाअनुसार कांग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो।

प्रदेश अधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्रीको निर्वाचन गर्नेछ। १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति पदमा खसेको मतको ५१ प्रतिशत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबिच पुनः मतदान गराइने व्यवस्था कांग्रेसमा छ। प्रदेश सभापतिसहित पदाधिकारी र सदस्यका लागि अधिकांश प्रदेशमा नेतृत्वका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँमा आएका छन्। सिटौलानिकट उद्धव थापाले प्रदेश १ को सभापतिमा दिएको उम्मेदवारीलाई देउवा पक्षले समर्थन जनाएको छ। सो प्रदेशको सभापतिमा संस्थापन इतर पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे उम्मेदवार बनेका छन्।

बागमती प्रदेशमा भने त्रिपक्षीय प्रतिस्पर्धा छ। संस्थापन पक्षबाट मकवानपुरका जिल्ला सभापति ईन्द्र बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वरनरसिंह केसी र सिटौला पक्षबाट पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका छन्। उपसभापतिमा चन्द्र महर्जन, धर्मराज गौतम, परशुराम पोखरेल, मदनकृष्ण श्रेष्ठ, मोहनबहादुर बस्नेत र राजेन्द्रप्रसाद बुर्लाकोटीको उम्मेदवारी परेको छ। महामन्त्रीमा कञ्चनचन्द्र वादे, रामचन्द्र अर्याल, राजु श्रेष्ठ, तिलकप्रसाद रुवाली, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।

गण्डकी प्रदेशमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य अर्जुन जोशी प्रदेश सभापति पदको प्रत्याशी रहेका छन्। संस्थापन इतर पक्षबाट शुक्रराज शर्माले सभापतिमा उम्मेदवारी दिएका छन्। लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरत शाह सभापतिको प्रत्याशी रहेका छन्। त्यस्तै संस्थापन इतर पक्षबाट अमरसिंह पुनले सभापतिमा उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने