२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

लिम्पियाधुरामा माओवादी केन्द्रको भव्य सम्मेलन सम्पन्न

२०७८, १८ मंसिर शनिबार ०७:३८

मंसिर १८, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा पर्ने व्यास गाउँपालिकामा सम्मेलन सम्पन्न गरेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पुगेर माओवादी केन्द्रले भव्यताका साथ पहिलो पटक पालीका सम्मेलन गरेको हो।

लामो समयसम्म कुनै पनि पार्टीले यो ठाउँमा सम्मेलन गर्न सकेको छैन। धनसिंह कुवरको नेतृत्वमा पालीका स्तरीय ५५ सदस्यीय समिति गठन गरिएको छ। सम्मेलनमा माओवादी केन्द्रका सुदूरपश्चिमका सह-इन्चार्ज लक्ष्मणदत्त जोशी, सुदूरपश्चिम सरकारका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी, दार्चुला जिल्ला मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी लगायत स्थानीय नेताहरू सहभागी भएका थिए। सम्मेलनबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भूमि नेपालको हो भनेर सन्देश प्रवाह भएको सहभागी एक नेताको भनाई छ।

यसअघि यो क्षेत्रमा कुनै पनि राजनैतिक दलहरूले सम्मेलन गरेका छैनन्। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा बनेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा प्रकाशन गरेको थियो। उक्त भूभाग समेटिएको नक्सा पाठ्यपुस्तकमा छाप्ने प्रक्रिया तत्कालीन शिक्षामन्त्री गरीराजमणि पोखरेलले अगाडि बढाएका थिए। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त प्रक्रिया रोकिएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ