४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाण्डे समूहले गर्‍यो विवेकशील साझाको आमसभा बहिष्कार

१८ मंसिर २०७८, शनिबार ०७:४२

मंसिर १८, काठमाडौं | विवेकशील साझा पार्टीले आयोजना गर्न लागेको आमसभा र पार्टी एकीकरण घोषणासभा पार्टीका संयोजक मिलन पाण्डे समूहले बहिष्कार गरेको छ। काठमाडौंमा आज पहिलो पटक विवेकशील साझाले आमसभा गर्न लागेको हो। तर, पाण्डेसहित संसदीय दलका नेता रमेश पौड्याल, शीर्ष नेता केशव दाहाल, बागमती प्रदेश संयोजक रञ्जु दर्शना, युवा संगठनका महासचिव सरोज गौतम लगायतले उक्त आमसभा बहिष्कार गरेका हुन्।

विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते गरेको थियो। उक्त एकीकरणलाई शनिवार सभा मार्फत घोषणा गर्ने पार्टीको छ। पाण्डे पक्षले आज एकीकरण गर्ने दुई ‘अपरिचित’ समूह पनि व्यवस्था विरोधी रहेको र राजसंस्था, हिन्दू राज्य र संघियता खारेजीको मुद्दाको वकालतकर्ता रहेको बताउँदै त्यसले पार्टीमा विरोध बढ्दै गएको बताएको छ।

पार्टीमा रवीन्द्र मिश्रले संघीयता खारेजी, धर्मको नाममा राजनीति गर्ने एजेन्डा र गणतन्त्र विरोधी प्रस्ताव ल्याएपछि पार्टीमा विवाद आएको हो। पार्टी संयोजक मिलन पाण्डे, संसदीय दलका नेता रमेश पौड्याल, शीर्ष नेता केशव दाहाल, बागमती प्रदेश संयोजक तथा चर्चित नेतृ रञ्जु दर्शना, संस्थापक नेता पुकार बम, अन्तर्राष्ट्रिय संयोजक सुरेश भट्ट, सचिवालय सदस्य तथा अर्थविद् आशुतोष तिवारी, युवा संगठनका महासचिव सरोज गौतम लगायत अधिकांश संस्थापक नेताहरूले रवीन्द्र मिश्रले लिएको मार्ग परिवर्तन विचारमा विमति राखेर पार्टी फुटको संघारमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि