४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजतन्त्र फर्काउन गठबन्धन तोड्ने चलखेल हुँदैछ : महरा

१८ मंसिर २०७८, शनिबार ११:१२

मंसिर १८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादीहरू एक भएअघि बढ्ने बेला आएको बताएका छन्। शनिवार माओवादी केन्द्र सिद्धार्थनगर नगर कमिटीको अधिवेशनमा नेता महराले प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी एक भएर अघि बढ्नुपर्ने बताएका हुन्। उनले हिजोसँगै रहेका बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरूसँग सहकार्यका लागि छलफल भइरहेको पनि बताए।

‘माओवादी विभाजित भएर होइन एक भएर लाग्नुपर्छ,’ महराले भने, ‘हिजोसँगै रहेका बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरूसँग सहकार्य गरी एक भएर अगाडी बढ्ने गरी छलफल भइरहेको छ।’ देशलाई नयाँ ऊर्जा र सन्देश दिने समय आएको उनले बताए। महराले नेपालको वर्तमान राजनीतिमा दुई धुव्र देखा परेको बताए। प्राप्त उपलब्धिको रक्षा गर्नका लागि संविधान जोगाउनुपर्छ भन्ने र अर्को उपलब्धि उल्टाएर राजतन्त्र ल्याउने धुव्रमा राजनीति विभाजित भएको उनले बताए।

‘हामी संविधानले प्रदान गरेका उपलब्धिहरू जोगाउने पक्षमा छौं, तर अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन्,’ महराले भने। उपलब्धि रक्षा गर्ने शक्तिका रूपमा रहेको पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्तिसमेत लागि परेको उनले बताए। नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै संविधान निमोठ्ने र उपलब्धी उल्ट्याउने शक्तिको नेतृत्व गरेको उनले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट