७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्षमा पराजित भएँ, निर्मलनिवास हस्तक्षेपको भर्त्सना गर्छु : कमल थापा

१९ मंसिर २०७८, आईतवार ०४:०१

 मंसिर १९, काठमाडौं | राप्रपाको एकता अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका नेता कमल थापाले निर्वाचनमा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन्। आफूलाई चुनाव हराउन निर्मलनिवासले हस्तक्षेपको भन्दै आइतबार सामाजिक सञ्जालमार्फत थापाले त्यसको भर्त्सना पनि गरेका हुन्।

थापाले शनिवार सम्पन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। पराजित भएपछि उनले सिंगो मुलुक गणतन्त्रमय हुँदा आफूले राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको प्रतिक्रिया दिएका छन्। उनले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना पनि दिएका छन्।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु। मैले राहत र उन्मुक्ति पाएको छु,’ थापाले भनेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।’

उनले प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै अध्यक्ष पदको निर्वाचनमा भएको पराजयलाई सहर्ष स्वीकार गर्ने बताए। साथै उनले आफूमाथि विश्वास र भरोसा गरेर निर्वाचनका क्रममा सहयोग गर्ने नेता कार्यकर्ताप्रति आभार प्रकट गरेका छन्।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने