४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थापा परिवारका तीन जना केन्‍द्रीय सदस्यमा विजयी

१९ मंसिर २०७८, आईतवार ०५:१८

मंसिर १९, काठमाडौं | राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। थापाकी कान्छी छोरी प्रतिष्ठा थापा विजयी भएकी हुन्।

त्यस्तै भाइ गणेश थापा र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका छन्। छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापाले १ हजार ३३२ मत ल्याएका छन्। गणेशका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन्।

राप्रपाको पहिलो एकता महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ। अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन्। यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’