४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाको पदाधिकारीमा क-कसले जिते ? (सूचीसहित)

१९ मंसिर २०७८, आईतवार ०६:४३

मंसिर १९, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। पार्टीको नयाँ कार्यकालका लागि अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुँदा उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पाण्डे २,५२१ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्ष पदमा ध्रुवबहादुर प्रधान १,८१४ मत र बुद्दिमान तामाङ १,९४४ मत ल्याएर निर्वाचित भएका छन् ।

उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भएकी छिन् । उनले १,५८९ मत ल्याएर विजयी भएकी हुन् । उनी कमल थापा पक्ष प्यानलबाट निर्वाचित भएकी हुन् ।

महामन्त्रीमा धवल शमशेर राणा विजयी भएका छन् । उनी २,२२१ मत ल्याएर निर्वाचित भएका हुन् । महामन्त्रीमा भुवन पाठक १,७०५ ल्याएर विजयी भएका छन् । पाठक कमल थापा प्यानलका हुन् ।

महिलातर्फको महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । उनले अभिनेत्री रेखा थापालाई पराजित गरेकी हुन् । रेखा थापाले १,६४० मत प्राप्त गरिन् ।

खुल्ला केन्द्रीय सदस्यमा कमल थापाका भाइ गणेश थापा र उनका छोरा अभिशेक थापा विजयी भएका छन् । कमल थापाकी छोरी प्रतिष्ठा थापा पनि महिला केन्द्रीय सदस्यमा विजय भएकी छन् ।

हेर्नुस् केन्द्रीय सदस्यमा कमे को विजयी भए ?


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’