४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन : कसरी छानिन्छन् प्रतिनिधि ?

१९ मंसिर २०७८, आईतवार ०८:४३

मंसिर १९, काठमाडौं | नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ। आगामी पुस ११ देखि १३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनको तयारी गर्न माओवादी केन्द्रले प्रदेश कमिटीलाई परिपत्रसमेत पठाएको छ। राष्ट्रिय सम्मेलनमा माओवादी केन्द्रले करिब २ हजार प्रतिनिधि हुने जनाएको छ।

हालै बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रतिनिधि छनोटको सामान्य मापदण्ड समेत बनाएको छ। बैठकपछि सर्कुलर जारी गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय विभागहरूबाट प्रतिनिधि चयनका लागि मंसिर मसान्तसम्म सबै विभागहरूको बैठक बसी राष्ट्रिय सम्मेलनमा सहभागी हुनेहरूको नाम पठाउन भनेका छन्।

माओवादीले केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि मनोनीत हुने प्रतिशत पनि घटाएको छ। यसअघि १० प्रतिशत मनोनीत गर्ने व्यवस्थालाई परिवर्तन गर्दै ५ प्रतिशतमा पुर्‍याएको छ। माओवादीले प्रत्येक प्रदेशबाट प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय गर्ने छ।

प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते/अपांगलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि चयन गर्नुपर्ने छ। प्रत्येक प्रदेशले मंसिर २३ गतेभित्र प्रदेश सम्मेलनका प्रतिनिधिहरूको नामावली प्रदेश निर्वाचन समितिलाई अनिवार्य बुझाउनुपर्ने छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’