२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको महाधिवेशनमा कार्कीको पुरक प्रस्ताव

१३ पुष २०७८, मंगलवार ०८:२६

पुस १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि पूरक प्रस्ताव पेस गरेका छन्। नेता कार्कीले पूरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने उल्लेख गरेका छन्।

नीति निर्माणमा उत्पीडित हिस्साको सुनिश्चित नभएकाले संघीयता बुख्याँचा हुने खतरा रहेको उनले औँल्याए। कार्कीले भनेका छन्, ‘निर्धन जनप्रतिनिधिहरू करोडौंका गाडीमा सवार भएर न्वारन, पास्नी, जन्मदिन मनाउने आतिथ्य गरुन् भन्ने उद्देश्य हाम्रो कदापि थिएन।’ संघीयताले बजेटको हिस्सा स्थानीय तहमा ल्याएर त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन नसक्दा आधारभूत तहका जनताको निगरानी विकास निर्माणमा कायम नभएकाले संघीयता बुख्याँचा सावित हुने खतरा रहेको उनको भनाइ छ।

‘संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा ल्यायो। तर, त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन,’ कार्कीले भनेका छन्, ‘मजदुर किसान आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म संघीयता जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुनेछ।’ नीति निर्माणमा उत्पीडित हिस्साको सहभागिता सुनिश्चित गराउन संघीयता ल्याए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको कार्कीको मत छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का