२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएको विधान संशोधन गर्ने तयारी

१३ पुष २०७८, मंगलवार ०८:४२

पुस १३, काठमाडौँ | प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्नेमा स्थगित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन गराउन विधान संशोधनका लागि तदर्थ समिति गठन गर्ने तयारी थालिएको छ।

बारम्बार मिति तोक्दा पनि निर्वाचन हुन नसकेपछि एनआरएनएमा उत्पन्न विवादलाई समाधान गर्न लागि निर्वाचन कमिटीले तदर्थ समिति गठनको गृहकार्य सुरु गरेको जनाएको छ। वर्तमान कार्यसमितिले निर्वाचनमा सहभागी हुने प्रतिनिधिको नामावली निर्वाचन कमिटीलाई उपलब्ध गराउन नसकेपछि एनआरएनएको निर्वाचन पटकपटक स्थगन हुँदै आएको छ। निर्वाचन कमिटी गठन गरिएको लामो समय बितिसक्दा पनि निर्वाचन गराउने वातावरण नबनेपछि एनआरएनएभित्रको विवाद समाधानका लागि तदर्थ समिति गठन गरी समस्याको समाधान खोज्न पर्नेमा जोड दिइएको छ।

निर्वाचन कमिटीका एक सदस्यका अनुसार विवाद समाधानका लागि तत्काल एक स्वतन्त्र तदर्थ समिति गठन गर्ने तयारी भइरहेको हो। वर्तमान कार्यसमितिको थपिएको छ महिने अवधि पनि सकिन लागेकाले त्यसअगावै निर्वाचन कमिटीले तदर्थ समिति बनाउने र सो समितिले विशेष साधारणसभा बोलाएर अहिले देखिएको विवादित निर्वाचन प्रणालीलाई हटाउँदै सर्वपक्षीय र सरल तरिकाबाट विधान परिमार्जन गरी दिगो समाधान निकाल्न सहज हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का