२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माआवोदी केन्द्रले बनायो देव गुरुङको नेतृत्वमा कार्यदल

१३ पुष २०७८, मंगलवार १०:२२

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा सबै ‘क्लस्टर’ लाई समावेश गराउन समिति गठन गरिएको छ। स्थायी समिति सदस्य देव गुरुङको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो।

मंगलबार बिहान प्रज्ञा भवनमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले केन्द्रीय समितिमा सबै समुदायको प्रतिनिधित्व हुने गरी अध्ययन गर्न गुरुङको नेतृत्वमा कार्यदल बनाएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए।

सबै जातजाति, क्षेत्र, लिंग, समुदायको समान प्रतिनिधिको विषयमा गृहकार्य गर्न समिति बनाइएको उनको भनाइ छ। माओवादीको २९९ सदस्यीय केन्द्रीय समितिमा १५ प्रतिशत दलित, ३५ प्रतिशत महिला, ५ प्रतिशत मुस्लिम समुदाय, २० प्रतिशत ४० वर्ष मुनिका युवाहरू समावेश गर्ने भनिएको छ।

यस्तैगरी अपाङ्ग, पिछडिएको क्षेत्र, अल्पसंख्यकलाई समेत कोटा निर्धारण गरिएको छ। ती सबै समुदायको पार्टी विधानमा तोकिए बमोजिम प्रतिनिधित्व के कसरी गराउने भन्ने विषयमा गुरुङ नेतृत्वको कार्यदलले खाका तयार गर्ने छ।

त्यो सबै गृहकार्य भएमा बुधवार एक बजे बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्ने भएको छ। पार्टी प्रतिवेदनका विषयमा छलफल भइरहेकाले अब अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समिति चयनको विषय प्रवेश गरेको नेता साहले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का