पुस १३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी) बीच एकता भएको छ।
एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एकीकृत समाजवादी) सँग माओवादीबाट अलग्गिएर बनेकाे देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) ले मंगलबार एकता घोषणा गरेका हुन्।
तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेका थिए। राष्ट्रिय सभा गृहमा पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिति रहेकाे थियो।