२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न १५ मिनेटको समय

१३ पुष २०७८, मंगलवार ११:२३

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिन १५ मिनेटको समय छुट्याइएको छ ।

मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय छुट्याइएको एक नेताले जानकारी दिए। उनका अनुसार बुधबार दिउँसो १ बजेदेखि समूह नेताले आफ्नो सुझाव राख्न पाउनेछन् ।

त्यस्तै बैठकले नेपालको संविधान र पार्टीको विधानअनुसार पार्टी कमिटीमा समानुपातिक समावेशी संख्या मिलाउन ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा देव गुरुङको नेतृत्वमा शक्ति बस्नेत, जनार्दन शर्मा, विष्णुपुकार श्रेष्ठ र गिरिराजमणि पोखरेल रहेकाे जनाइएकाे छ।

आइतबारबाट सुरु भएको नेकपा माओवादीको ८ औं महाधिवेशनमा अध्यक्ष प्रचण्डले सोमबार आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफल गर्न माओवादीले विभिन्न प्रदेशगत र क्लस्टर मिलाएर २५ वटा समुह बनाएको थियो ।

ती समूहहरुलाई मंगलबार दिनभर छलफल गर्न समय निर्धारण गरिएको थियो । समुह नेताले सुझाव दिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर प्रस्ताव पारित गर्ने माओवादीको योजना छ । त्यसपछि केन्द्रीय कमिटीका लागि नाम प्रस्ताव गर्ने र ती नामहरुबाट पदाधिकारी चयन गर्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का