२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा ‘बा’बनाउने होइन, कमरेड बनाउने हो : गुरुङ

१३ पुष २०७८, मंगलवार ११:३२

पुस १३, काठमाडौँ | नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीका जनवर्गीय संगठनको वर्गीय संयुक्त मोर्चालाई सशक्त बनाउन सकेमात्रै एमाले बलियो बन्ने बताएका छन्। प्रेस चौतारी नेपालको केन्द्रीय बैठकमा उनले भने, ‘पार्टीलाई बलियो र सशक्त बनाउन जनसंगठन बलियो र सशक्त बन्नुपर्छ।’

गुरुङले जनवर्गीय संगठन ‘बोस’ उत्पादन गर्नेजस्तो खराब प्रवृत्तिका रूपमा अगाडि बढ्न थालेको बताए। एमालेले आफ्ना जनवर्गीय संगठनलाई ‘बोस’ उत्पादन गर्ने नभई कमरेड र नेता बनाउने संगठनको रूपमा विकास गर्नुपर्ने उनले बताए। ‘जनसंगठनले बोस, दाइ वा बा बनाउने होइन, कमरेड बनाउने हो, नेता बनाउने हो,’ गुरुङले भने।

उनले पार्टी र कार्यकर्ताबाट हार खाएर माधव नेपालले पार्टी त्यागेको टिप्पणी पनि गरे। नेता गुरुङले नेपालले एमालेलाई आरोप लगाए पनि विकल्प भने दिन नसकेको बताए। ‘माधव नेपालले पटक-पटक विभिन्न आरोप लगाउनुभयो तर विकल्प कहिल्यै दिनुभएन,’ उनले भने, ‘अन्तिममा पार्टी र कार्यकर्ताबाट हार खाएर एमाले नै त्याग्नुभयो।’

गुरुङले नेता नेपाल नेतृत्वको पार्टीको कुनै भविष्य नभएको दाबी गरे। मुलुकलाई नेतृत्व दिने पार्टी एमाले एमाले मात्रै भएको उनको भनाइ थियो। ‘केपी ओली जस्तो दृढ संकल्प बोकेको नेताले नेतृत्व गरेको पार्टी हो एमाले। हिजो माधव नेपालले नेतृत्व गर्दा एमाले कमजोर बनेको थियो, अहिले एमाले बलियो बनेको छ। अहिले जुन खालको नीति एमालेले लिएको छ, यसले एमाले मुलुकको थप बलियो पार्टी बन्ने छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का