पुस २५, झापा । नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । वि.सं. २०७० माघ ५ गते उहाँले नै उक्त भवन शिलान्यास गर्नुभएको थियो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, झापा । नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । वि.सं. २०७० माघ ५ गते उहाँले नै उक्त भवन शिलान्यास गर्नुभएको थियो । "/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष ओलीद्वारा कर्मचारी सङ्गठनको भवन उद्घाटन

२५ पुष २०७८, आईतवार ०८:१८

पुस २५, झापा । नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । वि.सं. २०७० माघ ५ गते उहाँले नै उक्त भवन शिलान्यास गर्नुभएको थियो । सोह्र कोठाको दुईतले भवन निर्माणमा रु एक करोड ८८ लाख नौ हजार ५७० खर्च भएको सङ्गठनका अध्यक्ष लक्ष्मी गुरागाईँले बताउनुभयो ।

भवन निर्माणका लागि राष्ट्र सेवक सहकारी संस्थाबाट रु ५० लाख, शान्ति मन्त्रालयबाट  रु २८ लाख, तत्कालीन जिल्ला विकास समितिबाट रु तीन लाख ८२ हजार, सांसद विकास कोषबाट रु एक लाख ९६ हजार २५०, जिल्ला प्राविधिक कार्यालयबाट रु एक लाख ९० हजार, भद्रपुर नगरपालिकाबाट रु एक लाख ४६ हजार सहयोग प्राप्त भएको थियो ।यसैगरी विभिन्न दाताबाट रु ४२ लाख ४१ हजार ६१३ सङ्कलन भएको थियो । भवन निर्माणका लागि रु ५२ लाख ५० हजार राष्ट्रसेवक सहकारीबाट ऋण लिइएको थियो ।

भद्रपुर नगरपालिका– १० मा दुई कठ्ठा १५ धुर जग्गामा बनेको भवनको भूइँ तलामा १४ कोठा र पहिलो तलामा दुई सभाकक्ष छन् ।जिल्लाको भद्रपुर, कमल र शिवसताक्षी पालिकामा आयोजना हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आजै काठमाडौँबाट गृहजिल्ला झापा आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला