१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने युवालाई मतदानको अवसर

२ फाल्गुन २०७८, सोमबार ०६:५२

फागुन २, काठमाडौँ । स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ ।

निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट निर्वाचन हुने अघिल्लो दिनअर्थात् आगामी वैशाख २९ गतेसम्म १८ वर्ष  उमेर पुग्ने  युवालाई मतदानको  अवसर प्राप्त भएको हो । नेपालको निर्वाचन इतिहासमा पहिलोपटक मतदान हुने अघिल्लो दिन १८ वर्ष उमेर पुग्नेलाई मताधिकार प्रयोग गर्न पाउने अधिकार प्राप्त भएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।

मुलुकका होनहार जनशक्ति युवालाई निर्वाचनतर्फ आकर्षण गर्न तथा  मतदाता सहभागिता बढाउन निर्वाचन आयोगले पहिलोपटक यो व्यवस्था कार्यन्यनमा ल्याउन लागिएको हो । संवैधानिक व्यवस्थाअनुसार, नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा १८ वर्ष उमेर पूरा गरेको व्यक्तिको नाम अन्तिम मतदाता नामावलीमा समावेश हुने ऐनमा व्यवस्था  छ ।

यसअघि निर्वाचनको मिति घोषणा गरेको दिनलाई अन्तिम मानेर उक्त मितिभन्दा अघि १८ वर्ष पुगेका नागरिकलाई मात्र मतदानको अधिकार प्राप्त थियो । आयोगको प्रत्यक्ष रेखदेख, नियन्त्रण, सुपरिवेक्षण र निर्देशनमा तोकिएको उमेर पुगेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरी मतदाता गर्न पाउने अधिकार सुनिश्चिता हँदैआएको छ ।

सरकारले स्थानीय तहका सदस्यको निर्वाचन आगामी वैशाख ३० का लागि घोषणा गरेपछि आयोगले माघ २५ गतेदेखि नियमित मतदाता नामावली सङ्कलन कार्य स्थगन गरेको हो । आयोग अहिले निर्वाचनका लागि अन्तिम मतदाता नामावली अद्यावधिक गर्दैछ । आगामी वैशाख २९ गते १८ वर्ष उमेर पुग्नेसहित यस पटकको निर्वाचनमा  करिब एक करोड ७९ लाख मतदाता कायम हुने आयोगको अनुमान छ ।

 निर्वाचनमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?

स्थानीय तहको २०७४ मा भएको निर्वाचनबाट ३५ हजार ४१ जनप्रतिनिधि चयन भएकामा २१ देखि ४० वर्ष उमेर समूहका  १३ हजार ८९३ अर्थात् ३९.६५ रहेको थियो ।

आयोगका अनुसार, उक्त निर्वाचनमा एक लाख ४८ हजार ३६२ उम्मेदवार युवा उम्मेदवार सङ्ख्या ५७ हजार ७०१ थियो । प्रदेशसभाका ५५० पदमध्ये २५ देखि ४० बर्ष उमेर समूहका १३० अर्थात २३.६० प्रतिशत युवा जनप्रतिनिधिको प्रतिनिधित्व छ ।

प्रतिनिधिसभातर्फ २७५ पदमध्ये २५ देखि ४० वर्ष उमेर समूहका ३६ अर्थात् १३.१० र राष्ट्रियसभाका ५९ पदमध्ये ३५ देखि ४० वर्ष समूहका चार अर्थात् ६.८० प्रतिशत युवाको प्रतिनिधित्व छ । स्थानीय तहमा २१ वर्ष, प्रदेशसभा र प्रतिनिधिसभामा २५ वर्ष  तथा राष्ट्रियसभामा उम्मेदवार हुनका लागि कम्तीमा ३५ वर्ष उमेर पुग्न पर्ने कानुनी व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार