१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाद्वारा ‘प्रचण्ड’ र नेपालसँग प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्ने बारे छलफल

३ फाल्गुन २०७८, मंगलवार ०६:२८

फागुन ३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा शीर्ष नेतासँग आजपनि छलफल गरेका छन्। प्रधानमन्त्री देउवाले मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्ने बारे छलफल गरेका हुन्।

देउवाले बुधबार बस्ने संसदको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटालाई एमसीसी टेबल गराउने विषयमा प्रचण्ड-नेपालसँग आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ। बुधबार संसदमा टेबल गर्न  देउवाले प्रस्ताव गरेकोमा प्रचण्ड र नेपाल करिबकरिब सहमत भएका छन्।

‘एमसीसी टेबल गर्नेबारे सत्तारुढ दल लगभग सहमत भएका छन्। आजको बैठकमा पनि प्रधानमन्त्री ज्यूले प्रक्रियाको बारेमा प्रचण्ड र नेपालसँग छलफल गर्नुभएको हो।’देउवा निकट कांग्रेसका एक नेताले अन्नपूर्णसँग भने, ‘सभामुखले एमसीसी रोकेर राख्न मिल्दैन।’

प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपालमार्फत कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन सभामुख सापकोटालाई आग्रह गरेका छन्। उनले एमसीसीबारे कार्यसूची तयार गर्न समेत भनेका छन्। देउवा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध जारी राखेपनि संसद् बैठक सञ्चालन गर्नुपर्ने पक्षमा रहेका छन्। देउवाले एमसीसीका विषयमा अन्तर्राष्ट्रियस्तरमा नै विश्वसनीयताको कुरा भएकाले सांसद र दलहरूले सदनमै कुरा राख्नुपर्ने धारणा राख्दै आएका छन्। एमसीसीबारे छलफल गर्ने प्रस्ताव सरकारले अघि बढाउने तयारी गरेको छ। 

सोमबारको सर्वदलीय बैठकपछि सभामुख सापकोटा आफू तयार रहेको जनाएका छन्। यसमा आफू निर्णायक नभएको, दलहरू नै सर्वेसर्वा भएको सभामुख सापकोटाले बताएका थिए। ‘राष्ट्रिय महत्वका विषयमा सबै दलबीच सहमति हुनु देशकै लागि राम्रो हो’, सभामुख सापकोटाले भने, ‘उहाँहरूले एमसीसीबारे आआफ्नो धारणा राख्नुभएको छ। म खुला छु। आज सबै गठबन्धन दलका कुरा सुने र मैले सभामुखको भूमिकामा काम गर्ने हो। सभामुखको भूमिका अम्पायर र निर्णायकको हुन्छ।’ 

यता नेकपा एमालेले एमसीसीबारे सत्तारुढ गठबन्धनले आफ्नो धारणा सार्वजनिक गरेपछि मात्रै पार्टीको धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। एमाले एमसीसीको विषयमा एमाले पर्ख र हेर अवस्थामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार