१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी आज संसद्मा टेबल नहुने, भोलि गठबन्धनको बैठक बस्ने

४ फाल्गुन २०७८, बुधबार ०७:४३

फागुन ४, काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) आज संसद्मा टेबल नहुने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा सम्पन्न भेटघाटपछि एमसीसी आज संसद्मा टेबल नगर्ने सहमति भएको हो।

प्रधानमन्त्रीको सचिवालयले प्रचण्ड र देउवाबीच यस्तो सहमति भएको जानकारी दिएको हो। प्रधानमन्त्रीको जोडबलमा जबर्जस्ती एमसीसी संसद्मा पेश गरे सरकार छाड्ने निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए। 

एमसीसी जबर्जस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन्।

यस्तै भोलि दिउँसो ३ बजे पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्ने र एमसीसी टेबल गर्ने या नगर्ने विषयमा टुङ्गो लगाइने पनि सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार