१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसिसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ – सचेतक भुसाल

५ फाल्गुन २०७८, बिहीबार ०८:३७

फागुन ५, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताउनुभएको छ । 

एमसिसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भर्याङ बनाउन नहुने बताउँदै उहाँले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुपर्छ भन्नुभयो ।

नेत्री भुसालले नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) र नेपाली कांग्रेसका यसअघिका सरकारले एमसिसीलाई स्पष्टसँग अघि बढाएको अवस्था रहेको स्मरण गर्दै एमाले सरकारले त संसद्बाट पारित गर्नुपर्छ प्रावधान नै राखेको घटना सुनाउनुभयो ।

उहाँले रासससँग भन्नुभयो, “एमसिसी यथाशीघ्र सदनमा प्रवेश गराएर धेरै छलफल गरियो भने उठेको प्रश्नबारे आमजनता स्पष्ट हुन्छन्, हाउसमा टेबल भएर छलफल भइसकेपछि चित्त नबुझ्नेले मतदान गर्न सक्दिन भन्न पाउँछ नि ।” हाम्रो पार्टीले एमसिसी सदनमा प्रवेश गराएर व्यापक छलफल गर्नुपर्छ भनिरहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका सचेतक उमाशङ्कर अरगरियाले नेपाल र नेपालीको हितमा रहेको एमसिसी सम्झौतालाई सदनमा छिटो प्रवेश गराई गहन छलफल हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दल र केही नेता विशेषमा मात्र सीमित नतुल्याएर यथाशीघ्र एमसिसीलाई छिटो सदनमा प्रवेश गराउनुपर्छ । यो नेपालको विकास र नेपालीको समृद्धिसँग सम्बन्धित विषय छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार