१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने छलफलका लागि शीर्ष नेताहरु बालुवाटारमा

८ फाल्गुन २०७८, आईतवार ०५:००

फागुन ८, काठमाडौँ । आजको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने लगायतका विषयमा छलफलका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्  ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल लगायतका नेताहरु बैठकमा सहभागी छन् । शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने विषय टुंगो नलागेपछि आज १० बजेका लागि बैठक बोलाइएको भएपनि केही ढिला गरी बैठक सुरु भएको हो ।

संसद् सचिवालयमा साढे दुई वर्षअघि दर्ता भएको एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा पेस गर्न गठबन्धन दलहरू सहमतिनजिक पुगेका छन् । एमसीसीलाई लिएर राष्ट्रिय राजनीति तनावपूर्ण बन्नुका साथै अन्तर्राष्ट्रिय ध्रुवीकरणसमेत देखिन थालेपछि सत्ता गठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा लचिलो हुँदै सम्झौता संसद्‌मा टेबल गर्न तयार देखिएका हुन् । शनिबार मात्रै नेकपा समाजवादीले एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने निर्णय गरेको थियो । तर, संसद्‌मा टेबल भएको एमसीसी यथास्थितमै पारित गर्न भने नसकिने निष्कर्ष निकालेको थियो ।

आज प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार