१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोगले कांग्रेस नेता शशांक कोइरालासँग माग्यो जवाफ

२८ चैत्र २०७८, सोमबार १२:३८

चैत्र २८, काठमाडौं | नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले उनीसँग जवाफ मागेको छ । 

"विभिन्न सञ्चार माध्यम मार्फत कोइरालाले दिनुभएको अभिव्यक्ति अनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकोले त्यसप्रति निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको छ," निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, 'त्यस विषयमा के कसो भएको हो सात दिन भित्र आयोगमा जवाफ पठाउन आयोगले ध्यानाकर्षण गराएको छ ।’ 

केही दिनअघि कोइरालाले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको बताएका थिए । त्यसपछि उनी विवादमा तानिएका थिए । 

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आयोगले एक जना उम्मेदवारलाई २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो । 

उक्त प्रतिनिधि सभा निर्वाचनमा कोइराला नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । 

निर्वाचित भएपछि उनले आयोगमा पेश गरेको आफ्नो निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको प्रवक्ता पौडेलले जनाए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार